चेम्निज च्याम्पियनसिप जितेर स्वदेश फर्किए मन्डे र मुकुन्द

चेम्निज च्याम्पियनसिप जितेर स्वदेश फर्किए मन्डे र मुकुन्द

जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन शनिवार स्वदेश फर्किएका छन् ।


Advertisement

अक्टोबर २ मा भएको प्रतियोगितामा मन्डेले दोहोरो स्वर्ण पदक जितेका थिए । मुकुन्दले १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।


Advertisement

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 

प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी सुमन तिमल्सिना यसअघि नै स्वदेश फर्किसकेका छन् । सुमनले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्