×
Bajaj Top
Khukuri
FONEPAY

नेपाली भूमिमा छिमेकीका स्वार्थ

नेपाली भूमिमा भारत-चीन विचारधारात्मक लडाइँ– चीन हावी हुन थालेको भन्दै भारतमा चिन्ता !

काठमाडाैं | असोज २४, २०७८

NTC
TVS INSIDE

नेपालमा लामो समयदेखि प्रभाव जमाइरहेको भारतलाई केही वर्षयतादेखि चीनबाट गम्भीर चुनौती आइरहेको छ । नेपालमा चीनको बढ्दो सक्रियताले भारतलाई सुरक्षाका विषयमा भय दिइरहेको छ ।

Sanima Bank
morang Auto yamaha

चीनको यस सक्रियता र अन्तर्यलाई बुझ्नका लागि भारतको कूटनीतिक र रणनीतिक वृत्तले भरमग्दूर कोशिश गरिरहेको देखिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

 


त्यसै सन्दर्भमा भारतका पूर्व विदेशसचिव तथा चीनमा राजदूत रहिसकेका विजय गोखलले अघिल्लो साता एउटा लामो पेपर प्रकाशन गरेका छन् । 

‘इन्डियाज फग अफ मिसअन्डरस्ट्यान्डिङ सराउन्डिङ नेपाल–चाइना रिलेसन्स’ शीर्षकको उक्त पेपर कार्नेगी इन्डिया नामक थिंकट्यांकले प्रकाशन गरेको हो । गोखले उक्त संस्थाका ननरेजिडेन्ट सिनियर फेलो हुन् ।

गोखलेका अनुसार, नेपालसँग नयाँ दिल्लीको निकट सम्बन्ध रहेको भए पनि चीन तथा नेपालको सम्बन्धमा भारतको गलत बुझाइले समस्या ल्याएको हो । भारतले नेपालसँगको सम्बन्धमा निर्णायक परिवर्तन (रिसेट) गरेर आपसी सम्मान तथा संवेदनशीलतामा आधारित स्वस्थ सम्बन्ध पुनर्बहाली गर्न गोखलेले सुझाव दिएका छन् । 

नयाँ दिल्लीले त्रिपक्षीय सम्बन्धको आलोकमा नेपालका विषयमा आफ्नो सोच बदल्नुपर्ने उनी बताउँछन् । सीमाको विषय र शान्ति तथा मैत्री सन्धिको विषय नेपाल–भारत सम्बन्धमा समस्याग्रस्त विषय भएकाले त्यसको यथाशीघ्र समाधानका लागि जोड दिनुपर्ने गोखलेको कथन छ । 

भारतको सोचमा यस्तो परिवर्तन किन जरूरी छ भने राष्ट्रपति सी चिनपिङको नेतृत्वमा चीनले नेपाललाई आफ्नो सीमावर्ती क्षेत्रको सुरक्षाको दृष्टिकोणले भन्दा पनि नेपाललाई आफ्नो रणनीतिक नियन्त्रणमा ल्याउने बृहत्तर लक्ष्यका साथ नीति बनाइरहेको गोखलेको मत छ ।

नेपाललाई रणनीतिक नियन्त्रणमा ल्याउनका लागि चीनले विचारधारालाई हतियारका रूपमा प्रयोग गर्न सक्ने गोखलेको आशय देखिन्छ । चीनले गैरवामपन्थी लोकतान्त्रिक शक्तिहरूलाई क्रमशः क्षीण बनाउँदै नेपालमा सुशासनको बेइजिङ मोडल अपनाउनका लागि प्रेरित गर्न सक्ने सम्भावनातर्फ गोखलेले संकेत गरेका छन् । 

हुन पनि चीनले रणनीतिक लक्ष्य लिएर नेपाल कम्युनिस्ट पार्टीको गठनका लागि नेकपा एमाले र नेकपा माओवादीलाई प्रेरित गरेकै हो । नेकपा बनेपछि चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच कार्यशाला गोष्ठीको आयोजन गरेर सी चिनपिङ विचारधारा तथा सुशासन शैलीका विषयमा प्रशिक्षण दिने काम चीनले गरेको थियो । अनि नेकपा सरकारको कार्यकालमा राष्ट्रपति सीले नेपाल भ्रमण गरेका हुन् ।  

राजतन्त्रको अन्त्यपछि देशमा स्थिर शक्तिसँग ‘डील’ गर्न पाए हुन्थ्यो भन्दै चीनले कम्युनिस्ट घटकहरूको एकीकरणमा जोड दिएको स्पष्ट छ । तर चीनको उक्त आकांक्षा सफल भने हुन सकेन र नेकपा मात्र नभई एमाले समेतकै विभाजन भइसकेको स्थिति छ । 

तथापि चीनले हार नमान्ने र कम्युनिस्टहरूलाई पुनः शक्तिशाली बनाउनका लागि प्रयास गर्न सक्ने संकेत गोखलेले आफ्नो पेपरमा गरेका छन् । उनका अनुसार, कम्युनिस्टहरूलाई सत्तामा फर्किने सुनिश्चितताका लागि चीनले नेपाली कांग्रेस जस्ता गैरवामपन्थी शक्तिहरूलाई कमजोर बनाउन प्रयास गर्न सक्छ ।

पछिल्ला घटनाक्रमहरूबाट नै गोखलेले यस्तो अनुमान गरेको हुनुपर्छ । नेकपा (र पछि एमाले) सरकारमा हुँदा चीनले हुम्लामा सीमा मिचेको विषयलाई नेपाल सरकारले तत्काल खण्डन गरेको थियो र त्यो विषय उठाउने सरकारी कर्मचारीलाई कारवाही समेत गरिएको थियो । 

सीमा मिचेको कुरा नेपाली कांग्रेसका नेताहरू, विशेषगरी विमलेन्द्र निधि र जीवनबहादुर शाहीले जोडतोडका साथ उठाएका थिए । कांग्रेसका कार्यकर्ताहरूले त्यतिखेर चिनियाँ दूतावासअघि प्रदर्शन समेत गरेका थिए । 

निधि र शाहीको प्रयासमा सीमा अध्ययन समिति समेत बनाइएको थियो । तर उक्त अध्ययन समितिले बुझाएको प्रतिवेदनमा चीनले सीमा मिचेको प्रस्ट प्रमाण नभेटिएको उल्लेख छ भनी सीमाविद् बुद्धिनारायण श्रेष्ठले लेखेका छन् ।

त्यतिखेर चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नेपाली कांग्रेस र जीवनबहादुर शाहीविरुद्ध कडा प्रहार गरेको थियो । भारत र पश्चिमी शक्तिको आडमा कांग्रेसले चीनविरुद्ध आरोप लगाएको भनी लेखिएको थियो । कांग्रेसलाई भारतपरस्त शक्ति समेत भनिएको थियो ।

त्यस्तै काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाली कांग्रेसलाई पत्र लेख्दै शाहीको प्रतिवेदनमा आपत्ति जनाएको थियो । चिनियाँ दूतावासको आपत्ति र ग्लोबल टाइम्सको आरोपलाई नेपाली कांग्रेसले निन्दा गरेको थियो । 

अहिले नेपाली कांग्रेस नेतृत्वको सरकार सत्तामा रहेको बेलामा हुम्ला सीमा मिचिएको विषय पुनः उठाइएको छ । सीमा विवाद अध्ययनका लागि देउवा सरकारले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविज्ञ रहेको समिति गठन गरेको छ । 

यस घटनाक्रमबाट नेपाली कांग्रेस आफूप्रति अनुदार रहेको सोच चीनले राख्न थालेको देखिन्छ । त्यसैले गोखलेले भने झैं उक्त दललाई कमजोर बनाउनका लागि चीनले प्रयास गर्न सक्छ । त्यो प्रयास कसरी फलीभूत होला भन्ने विषय गोखलेले खुलाएका छैनन् तर कमजोर बनाउनुको अर्थ कांग्रेसमा आफूअनुकूलका नेताहरूको गुट बनाउन प्रेरित गर्नु भनी लगाउन सकिन्छ । अनि कम्युनिस्ट दलहरूलाई पुनः एकै ठाउँमा उभिनका लागि प्रयास गरेर पनि चीनले आफ्नो अभीष्ट पूरा गर्न सक्छ । 

यस्तो अवस्थामा भारत पनि मौन रहने छैन । चीनको रणनीतिक अभीष्टलाई नेपालमा पूरा हुन नदिनका लागि उसले पनि विभिन्न गतिविधि अवश्य गर्नेछ । नेकपा तथा एमाले विभाजन र कम्युनिस्ट नेतृत्वको सरकारको सत्ताबाट बहिर्गमनलाई यसै सन्दर्भमा हेर्नुपर्ने हुन्छ । 

चीनको प्रभावलाई रोक्नका लागि नेपाली राजनीतिमा विचारधारात्मक ध्रुवीकरण गराउने दिशामा भारत अघि बढ्न सक्ने देखिएको छ । विगत केही समययता नेपालमा दक्षिणपन्थी स्वरहरू सबल बन्दै गएको त्यसैको परिणाम हो ।

कम्युनिस्टहरूले भारतविरोधी राष्ट्रवाद चर्काउने गरेको भनी नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले पनि आफ्नो नयाँ पुस्तकमा लेखेका छन् । त्यसैले कम्युनिस्टहरूलाई विभाजित अवस्थामा राखिरहन र सत्ताको नेतृत्व गर्न नदिनका लागि भारतले सकेसम्मको प्रयास गर्ने देखिन्छ । 

तर भारतले जति प्रयास गरे पनि नेपालमा चीनको उपस्थितिलाई रोक्न ऊ सफल नहुने र एक दशकभित्रमा चीनले नेपालमा आफ्नो रणनीतिक पकड बलियो बनाइसक्ने गोखलेले लेखेका छन् । पकड बलियो बनाउनका लागि सबै दलमा चीनप्रति सद्भाव राख्ने गुटलाई उसले बलियो बनाउन प्रयास गर्ने गोखलेको भनाइ छ । 

त्यसो त कम्युनिस्ट दलहरूमा भारत पक्षधर अनि कांग्रेस पार्टीमा चीनपक्षधर नेताहरू विद्यमान छन् । गोखलेको कुरामा विश्वास गर्ने हो भने दुवै देशले ती नेताहरूको गुटलाई बलियो बनाउनका लागि प्रयास गर्ने सम्भावना देखिन्छ । 

नेपालमा भारत र चीनबीचको विचारधारात्मक द्वन्द्व प्रभाव विस्तारकै रणनीतिअन्तर्गत चर्काइएको हो । परम्परागत प्रभावक्षेत्र मात्र नभई सुरक्षाको दृष्टिकोणले समेत नयाँ दिल्ली नेपालमा आफ्नो प्रभाव कुनै पनि हालतमा गुमाउन चाहँदैन । 

उता चीन भने रणनीतिक कारणले गर्दा नेपालमा अहिलेको भन्दा बढी प्रभाव कायम गर्ने कोशिश गरिरहेको छ । 

नेपालसँग जोडिएका भारतका सीमावर्ती राज्यहरूको विशाल जनसंख्यालाई चीनले ठूलो बजारका रूपमा आकलन गरेको छ । हुन त चीनले अहिले पनि भारतसँग विशाल आयतनमा कारोबार गरिरहेको छ तर ऊ भारतको बजारमा अहिलेको भन्दा बढी पहुँचको आकांक्षा राखिरहेको छ । नेपालमार्फत भारतलाई उक्त बजारमा पहुँचका लागि दबाब दिने चीनको रणनीति देखिन्छ । त्यसैले नेपालमा चीनको प्रभाव थप बढ्नेछ । 

दुई छिमेकीबीचको यस घम्साघम्सीले नेपाललाई ठूलो दबाबको स्थितिमा पार्ने पक्का छ । यसलाई नेपालको स्वार्थअनुकूल व्यवस्थापन गर्नका लागि नेतृत्वले पहल गर्नुपर्ने हो तर सत्तास्वार्थमा रुमल्लिएको नेतृत्वले देशको राजनीति नै अस्थिर बनाइरहेको सन्दर्भमा आशा गर्ने ठाउँ देखिँदैन ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

युक्रेनको विषयमा रुस र पश्चिमबीचको तनाव चरममा पुगेको छ । युक्रेनमाथि रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै अमेरिका, बेलायत र केही अन्य पश्चिमी मुलुकहरूले सेना तथा हातहतियार युक्रेन र छिमेकी मुलुकहरूम...

माघ ७, २०७८

भारतको उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० देखि मार्च ७ सम्म विधानसभा निर्वाचन हुन लागेको छ । सात चरणमा मतदान भएपछि मतगणना मार्च १० मा गरिनेछ ।  प्रदेशका कुल ४०३ सीटमा प्रतिस्पर्धा हुन लागेको छ ।  ...

माघ ११, २०७८

निर्वाचन कानूनमा व्यवस्था भएअनुसार आगामी वैशाखमा स्थानीय तह र मंसिरमा संघीय संसद्को निर्वाचन हुनुपर्ने हो ।  तर, राजनीति दलहरूको स्वार्थ र विभिन्न दाउपेचका कारण तीनै तहको निर्वाचन अन्योलमा पर्ने देखिएको...

माघ १०, २०७८

स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्ने भनी निर्वाचन आयोगले प्रस्ताव गरे पनि सत्ता गठबन्धनले चुनाव पर धकेल्ने तयारी गरेको छ । गत पुस ३० गते आयोगले सर्वदलीय बैठकमार्फत उक्त प्रस्ताव गरेको दुई साता बित्न ल...

माघ ९, २०७८

निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ५ गतेको मितिभित्रै स्थानीय तह निर्वाचन हुन नसके देशमा संवैधानिक संकट उत्पन्न उत्पन्न हुने चिन्ता संवैधानिक कानूनका विज्ञहरूले व्यक्त गरेका छन् । त्यस्तो भएमा देश संवैधानिक सं...

माघ ५, २०७८

रुसले आफ्नो सीमासँग जोडिएका मुलुकहरूलाई प्रभावक्षेत्र मानेर अमेरिका तथा पश्चिमी सैन्य गठबन्धन नेटोलाई त्यहाँ उत्तेजक गतिविधि नगर्न आग्रह गर्दै आएको छ ।  विशेषगरी युक्रेनलाई प्रभावक्षेत्र मानेर रुसले त्यस दे...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...