×

NMB BANK
NIC ASIA

कांग्रेसलाई कसैले हराउँछ भने पार्टीभित्रैबाट मात्र हराउन सकिन्छ, नत्र कसैले सक्दैन : देउवा

असोज २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई कसैले हराउँछ भने पार्टीभित्रैबाट मात्र हराउन सकिने बताएका छन् । उनले भने, ‘कांग्रेस एक भएको खण्डमा कसैले पनि हराउन सक्दैन । हाम्रो पार्टीलाई हराउँछ भन्ने आफैंले हराउने हो । यदि हामी एक भयौँ भने संसारको कुनै पनि तागतले हराउन सक्दैन ।’

Sagarmatha Cement
Muktinath Bank

नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ ले आइतवार आयोजना गरेको दशैं तिहारको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पार्टीको महाधिवेशन मिति नजिकिएको उल्लेख गर्दै सबै जना एक भएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले भने, ‘चुनावमा हारजीत हुन्छ । पार्टीभित्रको चुनावी परिणामलाई तिक्तताको रुपमा लिनु हुँदैन । जित्ने पनि मात्तिने काम गर्नु हुँदैन । हार्नेले पनि सहज रुपमा हार स्वीकार गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

कांग्रेस प्रजातान्त्रिक पार्टी भएको दोहोर्‍याउँदै उनले प्रजातान्त्रिक तरिकाबाट चुनावमा स्वस्थ प्रतिस्पर्धा हुने बताए । ‘पार्टी सभापतिसहित पदाधिकारीमा भरसक सहमति हुनुपर्छ । नसके प्रजातान्त्रिक तरिकाबाट स्वस्थ प्रतिस्पर्धा हुनेछ,’ देउवाको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

उनले पोखरा गण्डकी प्रदेशको राजधानी मात्र नभई नेपालकै पर्यटकीय राजधानी भएको बताए । उनले कोरोनाले थलिएको यहाँको पर्यटन क्षेत्र अब बिस्तारै चलायमान हुँदै जाने अपेक्षा समेत गरे । 

पार्टीलाई ५० लाख रूपैयाँ चन्दा दिएका पोखरा १७ निवासी समाजसेवी लीलाभक्त आचार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताए । उनले भने, ‘अरूले पार्टीबाट के लिने भन्ने सोच्छन्, तर उहाँले पार्टीलाई नै यति ठूलो रकम सहयोग गर्नुभएको छ । उहाँबाट प्रेरणा लिनुपर्छ ।’ त्यसक्रममा आचार्यलाई सभापति देउवाले सम्मान गरेका थिए । 

कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीलगायतले सम्बोधन गरेका थिए । 

गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा समारोहका लागि आएका पार्टी सभापति एवं प्रधानमन्त्री देउवा आइतवार पोखरामै बस्ने छन् । उनले साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्ता भेट गरी सोमवार बिहान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरी काठमाडौं फर्किने तालिका छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x