×

NMB BANK
NIC ASIA

कोकाकोलाको धन्यवाद अभियान, सामाजिक कार्यको अग्रमोर्चामा रहेका संस्थाहरुलाई सम्मान

असोज २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोकाकोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ चाडपर्वलक्षित अभियान सार्वजनिक गरेको छ। 'धन्यवाद' शीर्षक रहेको यस अभियानको मुख्य आशय महामारीको कठिन समयमा साथीको रुपमा सहयात्री बनेकाहरुलाई कोकको बोतल मार्फत धन्यवाद ज्ञापन गर्नु भएको कम्पनीले जनाएको छ। 

प्रहरी र थुप्रै गैरसरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै दसैं अभियानको एक हिस्साको रूपमा कोकाकोलाले स्वास्थ्य सेवा, ट्राफिक, प्रहरी जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको शुरू गरेको बताइएको छ। 

Sagarmatha Cement
Muktinath Bank

यो अभियानले फ्रन्टलाइन नायकहरुलाई उनीहरुले गरेको समर्पण र समुदायको लागि दिएको सेवाका निम्ति कोकाकोलाको तर्फबाट धन्यावाद व्यक्त गर्नु भएको कम्पनीले जनाएको छ। कोकाकोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर 'धन्यवाद' उपहार बक्स बाँढ्दै छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोतलमा धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोकाकोलाको कन्टूर ग्लास पनि समावेश रहेको कम्पनीले जनाएको छ। 


Advertisment
Nabil box
Kumari

कम्पनीले चारवटा गैरसरकारी संस्थालाई धन्यवादसहित कोकाकोला प्रदान गरेको थियो। महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरहरुको उद्धार तथा बासस्थान सेवा दिँदै आएको स्नेहा केयर र हर्टबिटलाई प्रदान गरेको कम्पनीले जनाएको छ।  

Vianet communication
Laxmi Bank

आगामी दिनमा कोकाकोलाले अस्पताल र ट्राफिक प्रहरीसहित अन्य धेरै संगठनहरुमा भ्रमण गर्ने तय गरेको छ। 

'अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले विगत डेढ बर्षदेखि जारी महामारीमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरु निडर भएर जीवन बचाउन र स्थितिलाई सामान्य बनाउन प्रयासरत छन्। हामी उहाँहरुको सराहना गर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागी धन्यवाद ज्ञापन गर्दछौँ,' कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x