२७ जेठ २०८३, बुधबार

बागमती प्रदेशमा विश्वासको मतबारे दशैँपछि मात्रै छलफल

बागमती प्रदेशमा विश्वासको मतबारे दशैँपछि मात्रै छलफल

बागमती प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मको लागि स्थगित भएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भनिएको प्रदेश सभाको बैठक विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत नै नभई स्थगित भएको हो । 

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने विषय गत शुक्रवार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर, आजको बैठकमा यो प्रस्ताव प्रस्तुत नै भएन । 

प्रदेश सभा बैठकलाई सम्बोधन गरेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक कुरा नगर्ने भन्दै संस्कृति र संस्कारको कुरा गरेकी छन् । 

बैठकमा सम्बोधन गर्दै उनले भनिन्, ‘अबको संस्कारयुक्त सामाजिक संरचना कस्तो हुनुपर्छ ? परम्परा जोगाउने नाममा हुने विभेद र हिंसा कसरी हटाउने होला भन्ने बारेमा छलफल आवश्यक छ । राजनीतिक कुरा धेरै राख्न चाहन्न । यसमा धेरै छलफल भइसकेको छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकार अल्पमतमा रहेकाले संसदमा त्यसको छिनोफानो हुनुपर्ने बताएका थिए । 

त्यसै गरी एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरूलाई झण्डा हल्लाएर टीका थाप्ने रहर भएको टिप्पणी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्