सुरक्षा गार्डमाथि गोली प्रहार गरी मोरङमा सिटिजन्स बैंक लुटियो

सुरक्षा गार्डमाथि गोली प्रहार गरी मोरङमा सिटिजन्स बैंक लुटियो
सांकेतिक तस्वीर।

मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाट गरेको हो । 


Advertisement

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ । 


Advertisement

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले लुटेरा समूहका एक जनालाई गोली लागेको समेत बताएका छन् । प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

उनले घटनास्थलमा भएकाले अन्य थप जानकारी भने केही समयपछि उपलब्ध गराउने बताए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्