×

NMB BANK
NIC ASIA

शान्त र समृद्ध विश्व निर्माणमा ‘नाम’ लाग्नुपर्छ- परराष्ट्रमन्त्री खड्का

असोज २६, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

परराष्ट्रमन्त्री डा. नारायण खड्काले असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम)को ६०औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजना गरिएको बैठकलाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा गएराति सम्बोधन गर्दै उनले नामको सिद्धान्त नेपालको परराष्ट्र नीतिको एक भाग रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री खड्काले नामको ६० वर्षको इतिहासको स्मरण गर्दै भनेका छन्, ‘हामीले नाम सम्मेलनलाई स्थापना गरेर अघि बढ्ने क्रममा र अहिले विश्वमा धेरै परिवर्तन भएको छ, ६० वर्षअघिको तुलनामा अहिलेको विश्व आधारभूत रुपमै धेरै जटिल बन्दै गएको छ ।’


Advertisment
Nabil box
Kumari

नाम अभियानले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र र न्यायको प्राप्तिमा उपलब्धि हासिल गरेको प्रसंग उल्लेख गर्दै परराष्ट्रमन्त्री डा. खड्काले तर पनि विश्वमा जातीय द्वन्द्व, देशभित्रै आन्तरिक द्वन्द्व, हिंसात्मक अतिवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, अर्थतन्त्रको जोखिमपूर्ण अवस्था, विश्वका देशहरु र नागरिकका बीचमा धनी र गरिबबीचको अन्तर र विश्वका धेरै देशहरुमा खाद्य संकटजस्ता विषयमा समस्याहरु देखिएको बताए । 

Vianet communication
Laxmi Bank

यी चुनौतीका साथै भूराजनीतिक समस्याहरू पनि दिनप्रतिदिन बढ्दै गएको, आणविक अस्त्रहरुको आधुनिकीकरण र यसका कारण अस्त्रयुद्धको अवस्था देखिएको भन्दै शक्ति राष्ट्रहरूबीचको राजनीतिक द्वन्द्व पनि समस्याका रुपमा देखिएको सो सम्बोधनका क्रममा उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x