एमालेका कारण घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय भयो : मन्त्री रेग्मी

तस्वीरः हिमांक भण्डारीको फेसबुकबाट।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी छन् । 


Advertisement

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी हुन् । 


Advertisement

महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उनको भनाइ थियो । ‘अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछौं,’ उनले भनिन् । 

मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपांगता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पुर्‍याउने गरी सरकारले काम गर्ने बताइन् ।


Advertisement

कमेन्ट गर्नुहोस्