जेठ २, २०८१
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...
नेपालीहरूको महान् चाड दसैंमा उपभोग्य वस्तुको आयात ह्वात्तै बढेको छ। खाद्य वस्तु, लत्ताकपडादेखि घरायसी प्रयोगका सामानको आयात बढेको भन्सार विभागले जनाएको छ। यस्तै, पेट्रोल, डिजेल, एलपीजी ग्यास, गाडी, इलेक्ट्रोनिक सामान, सुनचाँदीको आयात पनि बढेको छ।
अघिल्लो महिनाको तुलनामा दसैंमा ७० प्रतिशतले आयात बढेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए। खाद्यन्न, लुगाकपडा, माछा÷मासुसँगै नयाँ गाडी र इलेक्ट्रोनिक सामानहरूको खपत बढ्ने गरेको छ। अरू समयभन्दा दसैंमा नयाँ सामान जोड्ने र मीठो खाने प्रचलन छ। यसले उपभोग्य वस्तुहरूको खपत बढाइरहेको छ। यो महिना ४६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको छ। विभागले चालू महिनामा ४४ अर्बको राजस्व लक्ष्य राखेको थियो। निर्धारित समयभन्दा पहिले नै राजस्व लक्ष्य पूरा भएको प्रवक्ता खड्काले बताए।
बजारमा महँगी भने अचाक्ली बढेको छ। कालोबजारी ऐन २०३२ अनुसार आयात लागतको २० प्रतिशतभन्दा बढीले बजार मूल्य निर्धारण गर्न पाइँदैन। वास्तविकतामा भने बजार भाउ ३ देखि ४ सय प्रतिशतसम्म बढी छ। व्यावसायिक घरानाको हस्तक्षेप, फितलो अनुगमन प्रणाली, समान दण्डजरिवानाको व्यवस्था नहुनु जस्ता कारणले बजार भाउ नियन्त्रण बाहिर रहेको अर्थविद् बताउँछन्।
यसपटक बजारमा दसैंका लागि नयाँभन्दा पुरानै रेडिमेड लुगाको स्टक छ। कोभिड– १९ का कारण तातोपानी र रसुवा नाकामा कोटा प्रणालीमा गाडी छोड्ने हुँदा पर्याप्त मात्रामा नयाँ लुगा नआएको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए। रेडिमेड लुगाका लागि नेपालको आयातको मुख्य केन्द्र चीन हो। अन्य समयभन्दा दसैंमा नयाँ लुगाको माग ३५ प्रतिशतले बढ्छ। त्यसैगरी व्यापार पनि बढी नै हुने गरेको छ। तर, बजारमा मागको ४० प्रतिशत पनि आयात गर्न नसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। अहिले तातोपानी नाकाबाट दैनिक १२ गाडी र रसुवा नाकाबाट दैनिक ७ देखि ९ वटा गाडी मात्रै छाड्ने गरिएको छ। सामान नाकामा होल्ड हुँदा आएका सामानहरूको लागत बढ्ने र बजारमा महँगोमा बेच्नुपर्ने उनले जानकारी दिए। दुवै नाकामा गरी करिब ५ सय गाडी होल्डमा बसेका छन्।
६० प्रतिशत खसीबोका खपत
अरू बेलाभन्दा दसैंमा ६० प्रतिशतले खसीबोकाको खपत बढ्ने गरेको पशु सेवा विभागका वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए। उपत्यकामा मात्रै ५० हजार बढी खसीबोकाको माग हुने गरेको छ। दसैंको समयमा मात्रै करिब ६० अर्ब रुपैयाँ बराबरको मासु खपत हुने गरेको उनले बताए। नेपालमा मासुको वार्षिक खपत भने ५ लाख ५३ हजार मेट्रिक टन छ। मागको करिब १० हजार खसीबोका मात्रै आयातित हुने गरेको उनले बताए। आन्तरिक उत्पादनबाट नै अहिले खसीबोकाको माग धान्न थालिएको छ।
खसीबोकाको ६ देखि साढे ७ सय र च्याङ्ग्राको मूल्य १ हजार ३ सय रुपैयाँ प्रतिकिलो छ। राँगा ४ सय, बंगुर, ५ सय र कुखुराको प्रतिकिलो ३ सय रुपैयाँ माथि मूल्य छ। विभागले मासुका लागि खसी किन्दा स्वस्थताको प्रमाण हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि १ हजार ९ सय ५९ वटा खसीबोका ल्याएको थियो। कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीका अनुसार मंगलबारसम्म ती खसीबोका बेचिसक्ने लक्ष्य राखेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा सुनिता कार्कीले खबर लेखेकी छन् ।
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...
गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...