मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
गाउँघर, शहरबजार जताततै दशैंको माहोल छ । दशैंमा नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, आफन्तजनसँग बसेर रमाइलो गर्ने गरिन्छ । काममा बाहिर रहनेहरू पनि दशैंको मौकामा घर फिर्छन् ।
तर, थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्ने ५७ वर्षीया जानुका पोखरेलका छोरा भने ८ वर्ष भइसक्दा पनि घर फर्केका छैनन् । कारणबारे जानुका भन्छिन्, ‘जेठो छोरो यहाँको दुःख देखेर नेपाल फर्किनै मान्दैन, उसलाई दशैंमा टीका नगलगाएको ८ वर्ष भइसक्यो ।’
उनी यो वस्तीमा बस्न थालेको १४ वर्ष भयो । मोरङकी उनी जग्गाजमिन केही नभएपछि श्रीमान् र बालबच्चासहित यहाँ आएकी रहिछन् ।
‘घरबहालमा बस्दै आएकी थिएँ, २०६४ मा माओवादीले यो जग्गामा भूमिहीनलाई बस्ने व्यवस्था गरेपछि यहाँ आएकी हुँ,’ उनले भनिन् । जसोतसो कमाएको रकम र ऋण गरेर उनले घर नबनाएको पनि होइन । तर, बाबुराम भट्टराई सरकारका पाला घर भत्काइदिएपछि उनी फेरि घरबारविहीन भइन् ।
त्यतिबेलादेखि उनलाई दशैं दशैंजस्तो लाग्दैन रे । भन्छिन्, ‘सुकुम्वासीका लागि दशैं के राम्रो हुनु ?’
उनीजस्तै थुप्रै सुकुम्वासीहरू बस्ने वस्तीमा दशैंले छोएको छैन । सुनसान छन् । अन्य दिन जसरी बित्थ्यो, चाडपर्वका बेला पनि उसै गरी विना रमाइलो बिताइरहेछन् सुकुम्वासीहरू ।
बल्खु पुलस्थित सुकुम्वासीवस्तीमा भाडा तिरेर बस्ने सुशीला बोम्जनलाई पनि दशैं रमाइलो लागेको छैन । ‘श्रीमान ज्यालामजदुरी गर्नुहुन्छ, त्यो पनि एक दिन काम भयो भने पाँच दिन काम हुँदैन,’ उनले भनिन्, ‘अनि हाम्रा लागि के दशैं के तिहार ?’
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...