गुल्मीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
सांकेतिक तश्वीर

रुपन्देहीको बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बुटवलबाट तम्घास जाँदै गरेको लु १ ज ४४९० को जिप रेसुंगा नगरपालिका–१० छहरामा बिहीवार राति दुर्घटनामा परेको थियो । 


Advertisement

दुर्घटनामा मुसिकोट नगरपालिका–२ का ७२ वर्षीय क्षेत्र बहादुर थापा, ४५ वर्षीया राधिका थापा र मुसिकोट–३ की १९ वर्षीया संगीता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 


Advertisement

दुर्घटनामा मुसिकोट–२ का चालक २६ वर्षीय कमल थापा, ४३ वर्षीया खिमा थापा, ३६ वर्षीय राजु थापा, ३८ वर्षीया जुना थापा घाइते भएका छन् ।

जिपमा सवार यात्रुहरु दशैं मनाउन गाउँ जाँदै गरेका थिए । घाइतेहरुको पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Advertisement

जिप सडकदेखि करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्