×

NMB BANK
NIC ASIA

नवदुर्गाको पूजा सेलाउन नाचगानसहित थारु समुदायको कलश यात्रा

असोज २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दशैंको टीकाको दिन शुक्रवार मानिसहरू नाचगान गर्दै सडकमा हिँडिरहेका देखिए । तराईमा मध्याह्नको चर्काे गर्मीको समेत कुनै पर्वाह नगरी नाचगान भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

माइकको चर्काे आवाजमा दुर्गामाताको भजनकीर्तन बजिरहेको छ । गाडीमा दुर्गामाताको मूर्ति सजिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रङ्गीबिरङ्गी पोशाकमा सजिएका केही कन्याहरूले टाउकोमा कलश अड्याएका छन् । उनीहरू संगीतको तालमा कम्मर मर्काउँछन् तर भीडका बाँकी सदस्यको उन्मुक्त नाचगान रमाइलोले स्थानीयको ध्यान खिचेको छ ।


Advertisment
Nabil box
Kumari

भर्खरै दशैंको साइतको टीका लगाएकाहरू सो दृश्य हेर्न कौसी र सडक पेटीमा निस्केका थिए र दुर्गा माताको मूर्तिको फूलअक्षता ग्रहण गरिरहेका थिए ।

Vianet communication
Laxmi Bank

रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–१ का थारू समुदायले परम्परागत रूपमा यहीँ संस्कृति मान्दै आएका छन् । 

थारू समुदायका अगुवा विश्वनाथ मल्लाह भन्छन्, नवदुर्गाभरि ९ दिनसम्म व्रत बसी पूजाआजा गरेकोमा आज दशमीको दिन सेलाउन लागिएको हो । बुवाबाजेको पालादेखि नै यो चलन चल्दै आएकोमा हामीहरूले निरन्तरता दिएका हौं ।’

विश्वनाथले पहिले गाउँ छँदा पनि एक्लै यो पर्व आयोजना गर्थे । पछि शहर पसेर सबै थारू समुदायसँग ओमसतियामै सामूहिक रूपमा गर्दै आएको बताए । 

स्थानीय भगवान् दास मल्लाह पनि घरमा चाबी ठोकेर परिवारसहित नाचगान गर्दै दुर्गामाताको र्‍यालीमा हिँडेका छन् । उनका अनुसार ९ दिनसम्म फलफूल मात्र खाने र दशमीमा नदी किनारमा सेलाएपछि मात्र टीकाटालो गरी अन्न खाने चलन रहेको बताए ।

यस अवधिमा मानिसहरू नजिकको मन्दिर वा घरघरमै पनि बिहान–साँझ गरी दैनिक २ पटक पूजा गर्ने गर्छन् ।

यसो गर्दा नवदुर्गाले शक्ति प्रदान गर्नुका साथै मनले चिताएको पूरा गराउन मद्दत गर्ने धार्मिक विश्वास छ । 

र्‍याली ओमसतियाको कटैयादेखि शुरू भई ठूटेपिपल, अमुवा, पौवा हुँदै चिलियास्थित तिनाउ नदी किनारमा पुगेर नवदुर्गाको पूजा सेलाउने गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x