२६ जेठ २०८३, मंगलबार

शर्लिनले राज र शिल्पाविरुद्ध दर्ता गरिन् उजुरी, यस्तो छ आरोप

असोज ३०, २०७८
शर्लिनले राज र शिल्पाविरुद्ध दर्ता गरिन् उजुरी,  यस्तो छ आरोप

बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रा केही दिनअघि जेलबाट बाहिर आएका छन् । राज कुन्द्रामाथि अश्लील चलचित्र बनाएको आरोप लागेको थियो, जसकारण उनी केही महिनासम्म जेल बस्नु परेको थियो । 

राज पक्राउ परेपछि शर्लिन चोपडाले लगातार उनको विरोध गर्दै आएकी छन् । हालै शर्लिनले राज कुन्द्रा र शिल्पाविरुद्ध उजुरी दर्ता गरेकी छन् । 

शर्लिनले राज र शिल्पाविरुद्ध मानसिक उत्पीडन र ठगीको आरोप लगाएकी छन् । ‘मैले राज कुन्द्रविरुद्ध यौन उत्पीडन, ठगी र धम्की दिएको उजुरी दर्ता गरेकी छु,’ उनले भनिन्, ‘राजले अण्डरवर्ल्डको धम्की दिनु भएको थियो, तपाईंलाई राम्रोसँग याद हुनुपर्छ कि तपाईंले मेरो यौन शोषण गर्नुभयो । म एक्लै बस्छु, म डराएको थिएँ । आज हिम्मत जुटाएर आएकी छु ।’

salt training

कमेन्ट गर्नुहोस्