
पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार १ हजार ७७३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट १३६ र एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले थप १ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार २७८ पुगेको छ ।
थप ८४५ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । शनिवार देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ रहेको छ ।