अन्तरिक्षमा फिल्मको शूटिङ सम्पन्न गरी फर्के रुसी कलाकार

अन्तरिक्षमा फिल्मको शूटिङ सम्पन्न गरी फर्के रुसी कलाकार

अन्तरिक्षमा पहिलोपटक कुनै फिल्मको शूटिङ सम्पन्न भएको छ । 


Advertisement

रुसका कलाकार र निर्देशक एकजना अन्तरिक्षयात्रीसँग अन्तर्राष्ट्रिय स्पेस स्टेसन पुगेका थिए । उनीहरूले १२ दिन अन्तरिक्षमा बिताएर त्यहाँको शूटिङ सकेका छन् । 


Advertisement

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट रकेट आइतवार बिहान १ बजेर १५ मिनेटमा पृथ्वीतर्फ आउन उडेको छ । 

उक्त रकेटमा ओलेग नोभित्स्की, युलिया पेरेसिल्ड र क्लिम शिपेन्को छन् । 


Advertisement

अभिनेत्री पेरिसिल्ड र निर्देशक शिपेन्को च्यालेन्ज नामक फिल्मका केही अंश शूटिङ गर्न अक्टोबर ५ मा अन्तरिक्ष केन्द्र पुगेका थिए । 

फिल्ममा सर्जनको भूमिका निर्वाह गरेकी पेरिसिल्ड एक क्रु सदस्यलाई बचाउनका लागि अन्तरिक्ष जान्छिन् । अन्तरिक्षायात्री नोभित्स्कीले बिरामीको भूमिका निर्वाह गरेका छन् । 

उनीहरूलाई लिएर आइरहेको रकेट कजाखस्तानमा ओर्लिने विश्वास छ । 

हलिउड अभिनेता टम क्रुजले मिसन इम्पोसिबल फिल्मको शूटिङ अन्तरिक्षमा गर्न खोजिरहेका छन् । तर त्यसलाई रुसी फिल्म च्यालेन्जले जितेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्