गुगलले घोषणा गर्‍यो ‘कन्टिनियस स्क्रलिङ’, के छ यसमा ?

गुगलले घोषणा गर्‍यो ‘कन्टिनियस स्क्रलिङ’, के छ यसमा ?

सर्च इन्जिन गुगलले एक ब्लग पोस्टको माध्यमले कन्टिनियस स्क्रलिङ शुरुआतको घोषणा गरेको छ । 


Advertisement

गुगलका अनुसार मोबाइलमा कन्टिनियस स्क्रलिङको शुरुआतसँगै ब्राउजिङ सर्च रिजल्टस्लाई धेरै सहज बनाइनेछ । गुगलले यो सर्च एक्सपिरियन्स अहिले अमेरिकाका मोबाइल युजर्सका लागि अंग्रेजीमा गरिएको सर्चमा उपलब्ध छ । 


Advertisement

कम्पनीले एक वक्तव्यमा भनेको छ– जब तपाईं गुगलमा केही सर्च गर्नुहुन्छ हुन सक्छ केही शुरुआती परिणाममा तपाईंले खोजेको कुरा पाउनुहुनेछ, तर धेरैपटक तपाईं त्योभन्दा धेरै कुरा खोज्न चाहनुहुन्छ । वास्तवमा अधिकांश मानिसहरू सर्च रिजल्टस्मा चार पेजसम्म जान्छन् । यो नयाँ अपडेटका साथ मानिसहरूले सी मोर बटनमा क्लिक गरेर लगातार ब्राउज गर्न सक्नेछन् र अलग–अलग नतिजासम्म जान सक्नेछन् ।

साथै यस्ता विकल्प पनि देखिनेछन्, जुन तपाईंले विचार नै गर्नुभएको थिएन ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्