×

NMB BANK
NIC ASIA

चीन र भुटानबीच सम्झौता भएपछि भारतलाई सताइरहेछ यो पीरले

असोज ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र भुटानबीच बिहीवार सीमाविवाद समाधान गर्नका लागि तीन पाइलाको गुरुयोजनाको समझदारीमा हस्ताक्षर भएपछि भारत चिन्तामा परेको छ । 

Muktinath Bank

चिनियाँ सञ्चारमाध्यमले यसलाई ठूलो सफलताका रूपमा प्रस्तुत गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुटान र चीनले भिडियो कन्फरेन्समार्फत समझदारीमा हस्ताक्षर गरेका थिए । 


Advertisment
Nabil box
Kumari

चीनका परराष्ट्र राज्यमन्त्री वू जाङखाओले सीमा निर्धारणका विषयमा भएको कुराकानीलाई गति तथा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याए । 

Vianet communication
Laxmi Bank

भुटान र चीनबीच ४०० किलोमिटरभन्दा बढीको सीमा छ । दुई देशले सीमविवाद समाधानका लागि सन् १९८४ देखि अहिलेसम्म २० भन्दा बढी वार्ता गरिसकेका छन् । 

यी दुई मुलुकबीच भारत, ची र भुटानको त्रिपक्षीय विन्दुका रूपमा रहेको २६९ वर्गकिलोमिटर क्षेत्र र भुटानको उत्तरमा रहेको ४९५ वर्ग किलोमिटरको जकारलुङ तथा पासमलुङ क्षेत्रमा विवाद छ । 

चीन भुटानलाई ४९५ वर्ग किलोमिटरको क्षेत्र दिएर २६९ वर्गा किलोमिटरको क्षेत्र लिन चाहन्छ । चीनले मागेको क्षेत्र भारतको सिलिगुडी कोरिडोर नजिक छ । 

सिलिगुडी कोरिडोरलाई चिकेन्स नेक पनि भनिन्छ र त्यो भारतका लागि एकदमै महत्त्वपूर्ण छ । त्यसले भारतको मुख्यभूमिलाई पूर्वोत्तरका सात राज्यसँग जोड्छ । चिनियाँहरू सिलिगुडी कोरिडोर नजिक आएमा भारतका लागि गम्भीर चिन्ताको विषय बन्छ किनकि पूर्वोत्तर राज्यसँगको कनेक्टिभिटीलाई त्यसले खतरा हुन्छ । 

चीन र भुटानबीच थ्री स्टेप रोडम्यापको विस्तृत जानकारी उपलब्ध छैन । तर यसले सीमा निर्धारणको आधारभूत राजनीतिक सिद्धान्तलाई स्थापित गर्ने, विशेष विवाद समाधान गर्ने, सम्झौतामा हस्ताक्षर गर्ने र नयाँ सीमा निर्धारित गर्ने अपेक्षा छ । 

सन् २०१७ मा दोक्लम विवाद भएपछि चीनले रणनीतिक रूपमा महत्त्वपूर्ण भारत–चीन–भुटान त्रिपक्षीय विन्दुमा उपस्थिति बलियो बनाएको छ । 

साउथ चाइना मर्निङ पोस्टले सिंगुआ विश्वविद्यालयका च्येन फाङलाई उद्धृत गर्दै लेखेको छ, ‘यस समझदारी अन्तर्गत पहिला एउटा फ्रेमवर्क बनाइनेछ । त्यसमा विशेष विवादित विषयलाई एकअर्काको नक्सा भिडाएर कुराकानी गरिनेछ । अनि त्यसपछि समाधान गरिनेछ ।’

भारतले यस विषयमा विस्तृत प्रतिक्रिया दिएको छैन । 

यस समझदारीका विषयमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका थिए, ‘हामीले आज भुटान र चीनबीचको समझदारीमा हस्ताक्षरलाई नोट गरेका छौं । भुटान र चीनबीच सन् १९८४ देखि सीमावार्ता चलिरहेको छ । भारतले पनि चीनसँग कुराकानी गरिरहेको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x