मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
असोज ३१, २०७८
‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् ।
विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर हुन् ।
जापानको नायोगा शहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा आइतवार सम्पन्न ४९औं संस्करणको प्रतिस्पर्धामा अन्तर्राष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए ।
उनीहरू दुवै ‘के वान के बक्सिङ प्रतिस्पर्धा’मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।
‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जालमार्फत जीतका लागि आफ्ना पिता अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजोसहित नेपाली खेलप्रेमी सबैलाई धन्यवाद दिए ।
जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले सोही डोजोमार्फत आफ्नो प्रतिभा प्रस्फूटन गर्दै आएका छन् । प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैंमा प्रतिष्ठाको विषय हो । उनका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए ।
उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउन्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जीत हात पारेका थिए ।
यस्तो छ अबिरलको खेलयात्रा
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालको तर्फबाट कम उमेरमा प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । २१ वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित भएका थिए ।
चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरू विगत ५ वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।
पछिल्लो समय उनले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्य समेत पाएका छन् । ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’लाई जापानसहित अन्तर्राष्ट्रिय खेल क्षेत्रले उच्च महत्त्वका साथ हेर्ने बताइएको छ । वेस्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अबिरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।
उनी गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउन्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।
उनले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको २ पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा ९ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये ९ अन्तर्राष्ट्रिय खेलका ८ खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए ।
अविरलले नियमितरूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका उनले जानकारी दिए । ‘अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । ऊ राष्ट्रिय प्रतिभा हो । सम्मान गरौं,’ उनले भने ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...