थप ५९१ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

थप ५९१ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ९ हजार ६९७ जनामा कोरोना परीक्षण गरिएकोमा ५९१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये आरटी–पीसीआरबाट ५२३ र एन्टिजेनबाट ६८ जनामा संक्रमण पुष्टि भएको छ ।


Advertisement

कोरोनाले थप ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुने संक्रमितको कूल संख्या ११ हजार २९३ पुगेको मन्त्रालयले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्