कश्मीरमा आतंकवादीहरूले धर्मका आधारमा हत्या गर्न निर्देशन दिएको दाबी

कश्मीरमा आतंकवादीहरूले धर्मका आधारमा हत्या गर्न निर्देशन दिएको दाबी

जम्मु कश्मीरमा आतंकवादीहरूले विगत १५ दिनमा पाँच मुसलमान सहित ११ जना सर्वसाधारणको हत्या गरेका छन् । 


Advertisement

यसैबीच आतंकवादीहरूका प्रमुखले गैरमुसलमानलाई छानीछानी मार्नका लागि निर्देशक दिएको खबर हिन्दुस्तान टाइम्सले दिएको छ । स्थानीय आतंकवादीहरूलाई गैरमुस्लिमको नाम दिइएको बताइएको छ । 


Advertisement

समाचारमा शीर्ष अधिकारीलाई उद्धृत गर्दै गैरमुस्लिमको नाम आतंकवादीहरूलाई दिइएको र उनीहरूलाई सुरक्षित राखिने बताइएको छ । 

अहिले कश्मीरमा तीनदेखि चार लाख मानिस बाहिरबाट आएर काम गरिरहेका छन् । आतंकवादीहरूले बाहिरबाट आएका मानिस मात्र नभई स्थानीय अल्पसंख्यकहरूलाई पनि तारो बनाइरहेका छन् । 


Advertisement

उत्तर प्रदेश र बिहारका मजदूरहरू पनि आतंकवादीको आक्रमणको निशाना बनेका छन् । 

भारतका गुप्तचर निकायहरूका अनुसार, कश्मीरका अल्पसंख्यक समुदाय र प्रवासी मजदूरहरूमा डर उत्पन्न गर्ने रणनीति आतंकवादीहरूले बनाएका छन् । 

उनीहरूलाई तर्साएर कश्मीरबाट बाहिर पठाउन खोजिएको देखिन्छ । यसरी उनीहरूलाई तारो बनाउँदा कश्मीरको पर्यटन उद्योग तहसनहस हुनेछ । 

श्रीनगरको मुख्य बजार हुजूरी बागमा फार्मेसी चलाउने एमएल बिन्द्रु र बटमालोका एक मुसलमानको हत्या आतंकवादीहरूले गरेपछि मिडियाको ध्यान त्यतातिर गएको हो । पछिल्लोपटक आइतवार कुलगाममा तीनजना बिहारी मजदूरमाथि आक्रमण गरिएको थियो । 

साम्प्रदायिक हिंसा भड्काएर अशान्ति फैलाउने उद्देश्य आतंकवादीहरूले लिएको भारतका गुप्तचर अधिकारीहरू बताउँछन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्