साउन २४, २०७९
भारतको बिहार राज्यमा सत्तारूढ दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धन तोडिएको छ । मुख्यमन्त्री आवासमा जदयूका सांसद र विधायकहरूको बैठक यसको घोषणा गरिएको हो । बैठकमा मुख्यमन्त्री न...
भारतसँगको सीमा नजिक चीनले नयाँ नयाँ गाउँ बनाउनु चिन्ताको विषय भएको भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मनोज पाण्डेले बताएका छन् ।
पूर्वी कमान्डका जनरल अफिसर कमान्डिङ–इन–चीफ पाण्डेका अनुसार भारतीय सेनाले सीमावर्ती गाउँहरूको बारेमा संज्ञान लिएको छ ।
चीनले तिब्बतमा सीमा नजिक ६०० वटा गाउँहरू बनाएको छ । गाउँ बसाउनका लागि उसले पूर्वाधार समेत निर्माण गरेको छ । यो पूर्वाधार नागरिक र सैन्य दुवै प्रयोजनका लागि उपयोग गरिनेछ ।
भारतीय सेनाले पनि अरुणाचल प्रदेश सरकारसँग मिलेर सीमा नजिक नमूना गाउँ बनाउन खोजिरहेको छ ।
‘हामीले सीमावर्ती गाउँ बसाउने पहल गरेका छौं । त्यसक्रममा हामीले तीनदेखि चार गाउँको पहिचान गरेका छौं । तिनलाई हामी नमूना गाउँका रूपमा विकसित गर्नेछौं,’ पाण्डेले पत्रकार नितिन गोखलेलाई बताए ।
अरुणाचल सरकारले यस वर्षको बजेटमा तिब्बत सीमा नजिक तीनवटा नमूना गाउँ बनाउने घोषणा गरेको छ । यसका लागि बजेटमा ३० करोड भारु छुट्ट्याइएको छ ।
सन् २०१७ देखि चिनियाँ कम्युनिस्ट पार्टीले भारत र भुटान सीमा नजिक ६२८ वटा सीमारक्षक गाउँहरू बनाएको छ ।
भारतको बिहार राज्यमा सत्तारूढ दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धन तोडिएको छ । मुख्यमन्त्री आवासमा जदयूका सांसद र विधायकहरूको बैठक यसको घोषणा गरिएको हो । बैठकमा मुख्यमन्त्री न...
दक्षिण कोरियाका राष्ट्रपति यून सूक–योलले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीलाई भेट्न नमान्दा धेरैजना आश्चर्यमा परे । अमेरिकाको सद्भाव पाएको दक्षिणपन्थी सरकारका प्रमुखले राजधानी सौलमा छुट्टी बिताइरहँदा...
फिनल्यान्डको राजधानी हेल्सिन्कीमा रहेको विश्व शान्ति प्रतिमा स्थानीय अधिकारीहरूले सोमवार हटाएका छन् । मस्कोले सन् १९८९ मा हेल्सिन्कीलाई उक्त प्रतिमा उपहार दिएको थियो । गत वसन्त महिनामा प्रतिमाको फ...
काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्। सत्ताधारी तालिबान समूहका स...
रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध कमजोर रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कम्तीमा एक वर्षका लागि सबै रुसीलाई पश्चिमले यात्रा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । द वाशिङटन पोस्टलाई सोम...
ताइवानका सैन्य अधिकृतहरूले मंगलवार गरिएको अभ्यास बेइजिङलाई जवाफ फर्काउनका लागि नभएको बताएका छन् । एएफपी समाचार संस्थाले दिएको खबरअनुसार, अभ्यासका क्रममा ताइवानका सयौं सैनिकहरू तैनाथ गरिएका छन् र ४...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...