बाढीपहिरोले बैतडीमा पुर्‍याएको क्षतिको प्रधानमन्त्री देउवाले गरे स्थलगत निरीक्षण

बाढीपहिरोले बैतडीमा पुर्‍याएको क्षतिको प्रधानमन्त्री देउवाले गरे स्थलगत निरीक्षण

बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको स्थलगत निरीक्षण गरेका छन् ।


Advertisement

प्रधानमन्त्री देउवाले बिहीवार सिगास गाउँपालिका–५ को ढुंगाड क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गरेका बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।


Advertisement

उनले बाढीपहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताए ।

ढुंगाड क्षेत्रमा सेती नदीले ५ घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो । जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी ४ जनाको ज्यान गएको थियो । बैतडीका १ दर्जन बढी घरमा पहिरोले क्षति पुर्‍याएपछि उनीहरू विस्थापित भएका छन् ।


Advertisement

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहेका छन् ।

प्रधानमन्त्री देउवा बैतडीपछि डडेल्धुरा जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।
 

कमेन्ट गर्नुहोस्