जेठ ९, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदे...
बागमती प्रदेश सभाको विपक्षी दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त आग्रह आग्रह गरेका छन ।
बागमती प्रदेश सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले बहुमत पुर्याएर नयाँ मुख्यमन्त्रीको उम्मेदवार तयार गरिसकेकाले राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
सत्तारूढ दलले गठबन्धनलाई हेप्न र पेल्न खोजेको भन्दै त्यसो नगर्न उनले एमालेलाई चेतावनी समेत दिए ।
एमाले अध्यक्ष केपी ओलीका कारण राजनीतिक ध्रुवीकरणको अवस्था आएको र उनैले सत्तामा बसिरहन अनेकौं हतकण्डा अपनाउने उपाय सिकाएको जम्कट्टेलले बताए ।
सोही कारण संविधानअनुसार सरकार बसिरहन नमिल्ने अवस्थामा पनि एमालेले बागमती प्रदेश सरकारको नेतृत्व छाड्न नचाहेको उनले बताए ।
एमाले संसदीय दलका नेताले प्रदेश सभालाई डिक्टेट गर्न खोजेको भन्दै त्यसो नगर्न सचेत गराए ।
एमाले संसदीय दलका नेताले प्रदेश सभालाई फलानो दिन बैठक राख्न भन्दै पत्र पठाएर संसद् र सांसदको मानमर्दन गरेको उनले बताए ।
मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसकिने पनि उनले बताए ।
‘बागमती प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत छ । प्रक्रियामा जाँदा पनि उहाँको पक्षमा मत आउँदैन । तसर्थ, प्रक्रियामा जानुभन्दा पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्’, जम्कट्टेलले भने ।
त्यसअघि बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्दै विश्वासको मत मागेकी थिइन् ।
विश्वासको मत माग्दै उनले सरकारले गरेका कामको फेहरिस्त प्रदेश सभा बैठकमा राखेकी थिइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदे...
राप्रपा नेपालले निर्वाचन आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने निर्णय गरेको छ । सोमवार भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मध्यनजर गर्दै निर्वाचन आयोगस...
रूपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने पहिलो निर्णय गरेका छन् । बुटवलको प्रमुख समस्याका रुपमा भूमिहीन स...
रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी ४ हजार ६३८ मतका साथ विजयी भएका हुन् । त्रिपाठीले आफ्ना न...
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११ हजार १० मतको अग्रता लिएकी छन् । १ लाख १३ हजार ८७७ मत गन्दा रेनुले ४६ हजार २५५ मत पाएकी छन् । न...
स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदम...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...