×
Bajaj Top
Khukuri
FONEPAY

गृहजिल्ला पुगेर प्रधानमन्त्री देउवाले भने – राहतको पहल चाँडै हुन्छ

डडेल्धुरा | कात्तिक ४, २०७८

NTC
TVS INSIDE

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरो पीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

आइतवारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबाली समेत नष्ट गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सुदूरपश्चिममा यसै हप्ता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्री सहितको भ्रमणमा प्रभावित जिल्ला पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याबारे कुरा राखेका थिए ।

३ दिनको अविरल वर्षाका कारण जिल्लामा २ जनाको पहिरोमा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरे । उनले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए ।

सुदूरपश्चिम अवलोकन भ्रमणमा रहेका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी बिहीवारै कञ्चनपुर गएका छन् । बाढी–पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि उनी गृहजिल्ला डडेल्धुरा आएका थिए । 

सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गरी कञ्चनपुर गएका हुन् ।

जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रवार काठमाडौं फर्किने कार्यक्रम छ ।

अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ४, २०७८

मधेश प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा आन्दोलन शुरू भएको छ ।  आन्दोलनकारीले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर घरको सिसा फुटेको प्...

माघ ५, २०७८

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभा बैठक अवरुद्ध गर्न थालेको ६ महिना पुग्यो । नयाँ सरकार बनेपछि २०७८ भदौ १ गते आह्वान भएको नवौं अधिवेशनदेखि हालसम्म १२ पटक बैठक बोलाइयो । ती सबै बैठक...

माघ ४, २०७८

सत्ता गठबन्धनका दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् ।  स्थानीय तह निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बसेको बैठकमा गठबन्धनका पाँचै दल समयमै निर्वाचन गर्न सहमत भएको प्रचण्डका स्वकीय सचिव...

माघ ५, २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा परिवारका सदस्यसहित कोरोना संक्रमित भएका छन् । महामन्त्री शर्माले बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संक्रमण भएको पुष्टि गरेका छन् । शर्माको परिवार ८ महिनाअघि सम...

माघ ४, २०७८

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मंगलवार नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन,...

माघ ५, २०७८

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । रुपन्देहीमा शुरू भएका केही विशेष योजना रोक्ने गरी भएका आन्दोलनप्रति संकेत गर्दै उन...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...