एएफसी यू-२३ एसियन कप छनोटः नेपाल र इन्डोनेसिया भिड्दै

एएफसी यू-२३ एसियन कप छनोटः नेपाल र इन्डोनेसिया भिड्दै

ताजिकिस्तान भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । 


Advertisement

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे शुरू हुनेछ । 


Advertisement

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरूले बाँकी यू–२३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन् ।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूहको अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।


Advertisement

छनोटका ११ समूहको शीर्ष टोलीसहित उत्कृष्ट चार टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्