×

NMB BANK
NIC ASIA

खेलकुद मन्त्री गहतराजद्वारा वर्ल्ड बक्सिङ च्याम्पियनसिपका खेलाडी टोलीको बिदाइ

कात्तिक ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आईबा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले बिदाइ गरेका छन् ।

Muktinath Bank

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा खेलकुद मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टीम म्यानेजर सहितको टोलीलाई सफल यात्रा र जीतको शुभकामना दिँदै बिदाइ गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलकुद मन्त्री अथकले राष्ट्रिय खेलकुद परिषद् मातहत करीब २०० को हाराहारीमा खेलकुद संघहरू रहे पनि नयाँ खेलाडी ननिस्कनु र खेलकुदमा खेलाडीले आफ्नो भविष्य देख्ने वातावरण नबन्नुमा दुःख लागेको बताए ।


Advertisment
Nabil box
Kumari

‘खेलाडीहरू राष्ट्रको पहिचान हो, गहना हो भन्ने र खेल पश्चात् अर्काे व्यवहार गर्ने कार्य भएकोले यसलाई रोक्दै खेलभित्रै खेलाडीको भविष्य सुनिश्चित गर्न लागिपर्छु,’ उनले भने ।

Vianet communication
Laxmi Bank

खेलाडीलाई ढुक्क भएर खेल खेल्न र विजयी बन्न शुभकामना दिँदै उनले भने, ‘तपाईंहरूको भविष्य उज्यालो बनाउन आवश्यक नयाँ कार्यक्रम ल्याउनेमा ढुक्क र विश्वस्त हुन अनुरोध गर्छु ।’

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को ७५ वर्षको वार्षिकोत्सवको अवसरमा सर्वियाको राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने २१औं वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको नेतृत्वमा मुख्य प्रशिक्षक प्रकाश थापामगर, प्रशिक्षक किशोर लिम्बु, अफिसीयल्समा नेपाल बक्सिङ संघका सदस्यहरू मानबहादुर भण्डारी र प्रनिर अधिकारी सहभागी हुनेछन् । 

नेपाल बक्सिङ संघले गठन गरेको छनोट समितिको प्रतिवेदन अनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ केजी तौल समूहमा रविन थापा, ५७ केजी तौल समूहमा पुरन राई, ६३.५ केजी तौल समूहमा भुपेन्द्र थापा र ६७ केजी तौल समूहमा सनिल शाहीले प्रतिस्पर्धा गर्नेछन् । सहभागीमध्ये भुपेन्द्र थापा र सनिल शाही १३औं दक्षिण एशियाली प्रतियोगिताका स्वर्ण पदक विजेता हुन् ।

विश्वका १०५ राष्ट्रको १३ वटा तोल समूहमा ६५० जना खेलाडीको सहभागिता रहेको बृहत् बक्सिङ प्रतियोगिताको प्रत्येक तौल समूहमा स्वर्ण पदकको लागि १ लाख डलर, रजत पदकको लागि ५० हजार डलर र कास्य पदक जित्ने २ जनाका लागि २५/२५ हजार डलर पुरस्कारका साथै मेडल, प्रमाणपत्र र च्याम्पियनसिप वेल्टको व्यवस्था गरिएको छ । 

खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव, राखेप सदस्य एकेन्द्र कुँवर, नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौला, सदस्यहरू ओलम्पियन रामबहादुर गिरी, श्यामकाजी अवाले, प्रनिल अधिकारी, मुख्य प्रशिक्षक प्रकाश थापामगर,  टेक्निकल कमिटीका संयोजक तथा आईबा थ्री स्टारकोच दीपक महर्जन, ओलम्पियन तथा वरिष्ठ बक्सिङ प्रशिक्षक प्रबिन तुलाधर, आईबा वन स्टार रेफ्री रामचन्द्र थापामगर, आईबा वन स्टार रेफ्री तथा अखिल नेपाल खेलकुद महासंघका सचिव धनकुमार मैनाली, लगाएत खेल सम्बन्धि व्यक्ति र खेलाडीको उपस्थिति रहेको थियो ।

सहभागी टोलीलाई नेपाल बक्सिङ संघ उपाध्यक्ष भोजराज सिटौलाले १ जोर ट्रेक सुट, ८औं साग स्वर्ण पदक विजेता रामचन्द्र थापामगरले भेस्ट र होसन्ना चिन्नी भट्टा उद्योगले खेलाडीको रिङ ड्रेस २–२ सेट प्रायोजन समेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x