×

NMB BANK
NIC ASIA

भिजन लुम्बिनीमार्फत लगानी जुटाएर रोजगारी सिर्जना गर्दै जगत

कात्तिक ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जगत पोखरेल जलविद्युत्, माइक्रो फाइनान्सदेखि मेडिकल कलेजसम्ममा लगानी गरेका युवा उद्यमी हुन् । लुम्बिनी प्रदेशको पाल्पामा जन्मेका पोखरेल रुपन्देहीको बुटवलमा रहेर सामाजिक काम र उद्यममा स्थापित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पश्चिमाञ्चल ग्रामीण विकास बैंकका पूर्व अध्यक्ष, लुम्बिनी मेडिकल कलेजका सञ्चालक, चौतारी लघुवित्तका अध्यक्ष लगायत भूमिकामा काम गरे उनले । पोखरेलले स्वयसेवी संस्था नेपाल जेसिसको अध्यक्षको रूपमा पनि भूमिका निर्वाह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरेल अध्यक्ष रहेको लुम्बिनी भिजन ऊर्जा कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

भिजन लुम्बिनीमार्फत विभिन्न क्षेत्रमा लगानी गरिरहेका पोखरेलसँग लोकान्तरले गरेको कुराकानीको सारसंक्षेपः–

Vianet communication
Laxmi Bank

नेपालमा विकास नहुनुको कारण

सोच र शिक्षाको अभाव । कुरा धेरै र काम कम भएकाले नेपालमा विकास हुन सकेन जस्तो लाग्छ मलाई । किनभन्दा नेपालमा यतिधेरै पर्यटनको सम्भावना छ नि ! तर सबै शहरमुखी भए ।

पहिला–पहिला उत्पादन हुने क्षेत्र शून्य भयो । गाउँमा मान्छे छैनन्, कसरी गाउँ समृद्ध हुन्छ ? सरकारको पोलिसी पनि गतिलो भएन ।

निजी क्षेत्रबाट देश विकासका लागि केही योगदान गरौं भनेर भिजन लुम्बिनी विभिन्न क्षेत्रमा रहेका मान्छेहरूको शिक्षा, स्वास्थ्य, सञ्चार, ऊर्जा लगायत क्षेत्रमा काम गरेका ‘रिटायर्ड बट नट टायर्ड’ मान्छेहरूलाई लिएर कन्सेप्ट बनाइयो ।

नेपालमा प्राविधिक विश्वविद्यालय खोल्ने यसको कन्सेप्ट हो । यसको लागि फाउन्डेसन बनाउन खोजिरहेका छौं । फाउन्डेसन बलियो भयो भने हामीले गरेको काम पूरा हुन्छ । 

भिजन लुम्बिनीको माध्यमबाट धेरैभन्दा धेरै सकारात्मक मान्छेलाई जोड्ने र उनीहरूको एक्सपर्टिजलाई उपयुक्त ठाउँमा लगाउने भनेर यो अभियान शुरू गरिएको हो । प्राविधिक विश्वविद्यालय खोल्ने र जसको मोडलबाट सीपयुक्त जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो । प्राविधिक भनेको त खन्न जान्ने, माछा मार्न जान्ने सबै सिकाउने । मानिसलाई स्वावालम्बी बनाउनका लागि यो भिजन शुरू गरेका हौं । 

भिजन लुम्बिनीको भिजन

मैले जेसिसको राष्ट्रिय अध्यक्ष भएर काम गरें, पाल्पामा लुम्बिनी मेडिकल कलेज स्थापना गर्‍यौं । एउटा ग्रामीण विकास बैंकको अध्यक्ष पनि भए । बुटवलमा भैरव ब्याग हाउस खोले । त्यसपछि आत्मनिर्भर बन्नका लागि फरक–फरक क्षेत्रका मान्छेलाई जोड्न भिजन लुम्बिनीको अवधारणा ल्यायौं ।

त्यसैमार्फत चौतारी लघुवित्त संस्था (माइक्रो फाइनान्स) र आरम्भ चौतारी माइक्रो फाइनान्स खोलिसक्यौं । जहाँ ७ वटा बैंक र १४५ जना व्यक्तिले लगानी गरेका थियौं । अहिले मलाई लाग्छ, २६२ जना व्यक्ति भएर एउटा राम्रो माइक्रो फाइनान्स बनायौं । त्यहीबाट म माइक्रो फाइनान्स एशोसिएशनको अध्यक्ष बने । माइक्रो फाइनान्समा नेपालका ५० लाख जति महिला, २५ हजारभन्दा बढी कर्मचारी आवद्ध हुनुहुन्छ ।

भिजन लुम्बिनीमा रहेका १ हजार जनाको लगानीबाट संस्थाको नाममा ६ बिगाहा ८ कठ्ठा जमिन किनेका छौं । सँगसँगै मेघा प्रोजेक्टको रूपमा हाम्रो गौरवको योजनाको रूपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेका छौं । त्यसमा पनि हजार जनाको पैसा लगानी भएको छ । 

भिजन लुम्बिनीको माध्यमबाट हाइड्रोमा लगानी गरिएको छ, माइक्रो फाइनान्समा लगानी गरिएको छ । बुटवलमा टुर्स एण्ड ट्राभल सञ्चालनमा ल्याएका छौं । १० वटा एसी बस सञ्चालनमा आएका छन् । हामीले दिने डेलिभर राम्रोसँग दिएका छौं । जे काममा हात हालेका छौं, त्यो कुशलतापूर्वक सम्पन्न गरेका छौं । 

भविष्यमा हाम्रो मुख्य टार्गेट प्राविधिक विश्वविद्यालय बनाउने हो, भिजन लुम्बिनीमार्फत नै इन्सुरेन्स कम्पनी खोल्दैछौं । कृषि क्षेत्रमा लगानी गर्न खोज्दैछौं । 

हजार जनाको कुरा कसरी मिल्छ ?

नेपालमा कर्पोरेट कल्चर शुरू भएको छैन । साझेदारी या पार्टनरशिप बिजनेश राम्रोसँग चलेको देखिँदैन । व्यापक रूपमा छलफल नगरेका कारण काम गर्दा सफल नभएको पाइन्छ । हामीले अनुशासन बनाएका छौं, काउन्सिल मेम्बर बनाएका छौं, सञ्चालक समिति, एक्सपोर्ट टीम बनाएर काम गरेका छौं । भिजन लुम्बिनीमा १ हजार र हाइड्रोमा १६ सय मान्छे छौं, मलाई लाग्छ अहिलेसम्म कुनै विवाद भएको छैन । सबै काम हामीले पारदर्शी ढंगले गरेका छौं ।

भिजन लुम्बिनीको माध्यमबाट शिक्षा, पर्यटन, जलविद्युत्, बैंकिङ सबैतिर गरेर ७००–८०० जनासम्मले रोजगारी पाएका छन् । चौतारी माइक्रो फाइनान्समार्फत ९५ हजार जनासम्म पुगेका छौं ।

लगानीका लागि छैन वातावरण

युवालाई काम गर्न हामी प्रोत्साहन गर्छाै भन्ने मान्छे छन् तर सरकारी नीति सो अनुसारको छैन । भाषण धेरै भयो, कार्यान्वयन नगर्ने आम समस्या छ । कुनै काममा निरन्तर लगाव भयो भने काम हुन्छ, नेपालमा सिस्टमले काम गर्ने हुन्न । लगानीयोग्य वातावरण छैन, डर छ, त्रास छ । व्यक्तिपिच्छे पोलिसी छ । यस्तो पोलिसिले धर्मर हुन्छ । कसले खुलेर लगानी गर्छ ?

जलविद्युत् आयोजना निर्माणमा धेरै गाह्रो छ भन्ने सुनें तर हामीलाई त्यस्तो कठिनाइ परेन । म स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) को गण्डकी प्रदेश संयोजक पनि छु । कास्कीको भुजुङ खोलामा २५ मेगावाटको आयोजना बनाइरहेका छौं । स्थानीयसँग राम्रो समन्वय छ । 

जलविद्युत् आयोजनामा भिजन लुम्बिनीको पहिलो अनुभवबाट हामी उत्साही छौं । अबको करीब १८ महिनामा यो आयोजना पूरा गर्दैछौं । यो कम्प्लिट गर्दैगर्दा आत्मबल बढ्ने कुरा छ । आगामी दिनमा योभन्दा राम्रो ढंगले आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने कुरा छ । आगामी दिनमा ५ हजारलाई जोडेर अझ ठूलो आयोजनामा काम गर्ने योजना छ ।

हामीले ‘लुम्बिनी भिजन’को नाम लुम्बिनी राख्नुको कारण शान्तिका दूत भगवान गौतम बुद्धको सन्देश जस्तै जताततै फैलिनका लागि हो । सकेसम्म धेरै युवालाई जोड्ने हाम्रो प्रयास रहन्छ । 

राजनीति र उद्यम

‘पपुलारिटी गेन’ गर्नका लागि ठूलो श्वरमा कुरा गर्ने तर काम नगर्ने नेपाली नेताको पुरानो रोग हो । बोलेको कुरा पूरा गर्न यस्तो पोलिसी बनाउनुपर्छ । राजनीतिक स्थिरता र लगानीयोग्य वातावरण भयो भने नेपालमा धेरै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । लगानीकर्ता जनतासँग जोडिनुपर्छ । समयमै काम गर्न सिस्टम सही हुनुपर्‍यो । 

राजनीतिमा लागे पनि समृद्धिको अभियानमा लाग्ने मेरो योजना हो । अहिले पनि म मासमा काम गरिरहेको छु । राजनीति पनि जनताको सेवा गर्ने माध्यम हो । राजनीतिसँगै युवालाई रोजगारी सिर्जना गर्ने काममा म लागिरहेको छु । सकारात्मक सोच भएका युवाहरू आएर राजनीति सपार्नेतर्फ लाग्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x