विराटनगर विमानस्थलमा नियमित उडान शुरू

विराटनगर विमानस्थलमा नियमित उडान शुरू

केही दिनअघिको अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा आज शनिवारवाट सञ्चालन भएको छ । 


Advertisement

लगातारको वर्षापछि आएको बाढी मंगलवार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो ।


Advertisement

विमानस्थलको धावनमार्ग, पार्किङ क्षेत्रमा केसलिया खोला पसेपछि गत मगलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए । विमानस्थलका सबै उपकरणको चेकजाँच नसकिएकाले रात्रिकालीन उडान नहुने भएपनि दिवाकालीन उडान सञ्चालन भएका नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए ।

विमानस्थलको सीभीआर कक्षमा पानी पसेकाले रात्रिकालीन उडानमा समस्या भएको उनले बताए । विमानस्थलमा २ वटा एक्सरे मशिन समेत बिग्रिएका जनाइएको छ ।


Advertisement

नागरिक उड्ययन कार्यालयका अनुसार नियमित २१ वटा उडान विराटनगर विमानस्थलले गर्दैआएको थियो । 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्