बीपी स्मृति भवनका लागि ६ आना जग्गादान

बीपी स्मृति भवनका लागि ६ आना जग्गादान
प्रतिकात्मक तस्वीर

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका नेपाली कांग्रेस वडा एकाइ समितिका सभापति कृष्णकुमार श्रेष्ठले बीपी स्मृति भवन निर्माणका जग्गा दान गरेका छन् ।


Advertisement

घाचोकमा निर्माण हुने भवनका लागि उनले आफ्नो हकभोगमा रहेको ४० लाख रुपैयाँ मूल्य बराबरको ६ आना २ पैसा जमिन मालपोत कार्यालयमा गएर पार्टीका नाममा हक हस्तान्तरण गरेका हुन् ।


Advertisement

घाचोकको एकाइ समितिको बैठक तथा गतिविधि सञ्चालनका लागि सहज होस् भनेर जग्गा उपलब्ध गराएको श्रेष्ठले बताए ।

उनले भने, ‘विक्रम संवत् २०३६ सालबाट म कांग्रेस पार्टीमा सक्रिय भएर लागें, बीपीको समाजवादबाट आकर्षित भएर कांग्रेसमा लागेर अहिलेसम्म सक्रिय छु । पार्टीलाई बलियो बनाउनका लागि जग्गा दान गरेको हुँ ।’


Advertisement

कांग्रेस वडा एकाइ समितिले घाचोक बीपी स्मृति भवन निर्माणका लागि काम अघि शुरू गरेको छ । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भवनको शिलान्यास गरेका थिए ।

कमेन्ट गर्नुहोस्