×

NMB BANK
NIC ASIA

विदेश जाने सोच छाडेर कागती खेती अभियानमा गौरीगञ्जका ज्ञानहरि

कात्तिक ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

‘देशको माटो रम्न सके रम्छ नेपाल’ नारासँगै चितवनका एक कृषक कागती खेतीमा जुटेका छन् ।

Muktinath Bank

भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अहिले आफ्नो ७ कट्ठा जमिनमा कागती खेती गर्दै आएका छन् । कँडेलले विदेशको यात्रालाई रोकेर आफ्नै बारीमा कागती खेती गर्दै आएका छन् । ६ वर्ष पहिले विदेश जाने सोचमा रहेका कँडेल राहदानी (पासपोर्ट) बनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उनलाई कृषि कर्ममा आकर्षित गर्‍यो ।


Advertisment
Nabil box
Kumari

टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखौंको आयात हुने सुनेपछि उनले विदेशको यात्रालाई पूर्णविराम लगाउँदै यस व्यवसायमा लागे ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘विदेश जाने रहर होइन । साथीभाइ सबै विदेशमा भएकाले केही समय विदेश जाउँ भन्ने लागेको थियो तर पछि मन बदलियो ।’

टेलिभिजन कार्यक्रम हेरेर प्रभावित बनेपछि आफ्नै देशको माटोमा केही गर्नुपर्छ भन्दै उनले कागती खेती शुरू गरेको स्मरण गरे । कँडेलले शुरूआतमा आफ्नो ७ कट्ठामा १०० वटा कागतीका बिरुवा लगाए । उनले बारीमा सुन कागती लगाएका छन् ।

उनले भने, ‘महिनामा चार क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन । करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुसी लागेको छ ।’

आजकल दैनिक २०–२५ किलोग्राम कागती टिप्ने गरेको उनले बताए । ‘कागती अमिलो भए पनि यसको आम्दानी भने निकै गुलियो हुँदो रहेछ,’ उनले खुशी हुँदै भने ।

उनले भने, ‘पाकेका कागती टिप्दा सुन टिपेको महसूस हुन्छ ।’ मासिक सरदर ५० हजार रुपैयाँ कागती बेचेर कमाउन सफल भएको उनको भनाइ छ । ग्राहक तथा व्यापारी घरमै आएर कागती लैजाने गरेका छन् ।

खपत नभएका बेला कहिलेकाहीँ तरकारी तथा फलफूल मण्डीमा पुर्‍याउनुपर्ने भए पनि खासै बजारको समस्या नभएको उनले बताए । उनले भने, ‘अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराले बारीमै सखाप पार्ने समस्या हुँदैन । खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइ हुने पैसा कागतीले यही दिन्छ ।’

कागती खेती गर्नुअघि उनी हार्डवेयरको व्यापार गर्थे । हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गरेका उनी र उनको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ । यो व्यवसायलाई बढाएर १ बिघा पुर्‍याउने लक्ष्य उनको छ ।

उनले सम्झिए, ‘पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी बनाउन थाल्यो भन्नुहुन्थ्यो । अहिले कृषि कर्म गर्नुपर्छ भन्ने सबैमा परेको छ ।’ उनलाई पहिला बुद्धि बिग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यावसायिक रूपमा खेती गर्नुपर्छ भन्नेमा पुगेको बताउँछन् । उनले भने, ‘हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौं । अहिले उहाँकै प्रगति देख्दा खुशी लागेर आउँछ ।’

अहिले उनले गरेको व्यवसायलाई कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीले अनुसन्धान केन्द्रको रूपमा विकास गरेको छ ।  केन्द्रका प्राविधिक अधिकृत (बागबानी) रेशमबहादुर बस्नेतले चितवनको उत्पादन भण्डारण क्षमताको अनुसन्धानका लागि काम भइरहेको बताए ।

उत्पादित कागतीलाई स्याङ्जामा लगेर स्टोर गर्ने गरेको उनले भनाई छ । अहिले यसको भण्डारण क्षमता १०–१५ दिनको भए पनि यसलाई अझै कसरी बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन शुरू गरिएको उनले बताए ।

केन्द्रले नेपालमा यही फार्ममा मात्रै अध्ययन शुरू गरेको उनले जानकारी दिए । कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो ।

मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । – नारायण अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x