२६ जेठ २०८३, मंगलबार

प्रदेश १ को प्रदेश सभा बैठक स्थगित, अब कात्तिक १५ मा बस्ने

कात्तिक ७, २०७८
प्रदेश १ को प्रदेश सभा बैठक स्थगित, अब कात्तिक १५ मा बस्ने

प्रदेश १ को आइतवार बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ । अब प्रदेश सभा बैठक कात्तिक १५ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा बैठक स्थगित गर्न निवेदन दिएका थिए । 

कांग्रेसले आफ्ना केही सांसदले ‘फ्लोरक्रस’ गर्ने सुइँको पाएपछि आजको बैठक स्थगित गर्न पत्र पठाएको थियो । तर, एमालेले भने बैठक एक साता सार्न अनुरोध गरेको थियो । महाधिवेशनअन्तर्गतका विभिन्न कार्यक्रम भएकाले आगामी बैठक कात्तिक १५ गते सञ्चालन गर्न एमालेले अनुरोध गरेको थियो । 

शुक्रवारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।

salt training

कमेन्ट गर्नुहोस्