न्यायाधीशहरूको विद्रोह

इजलास नबसी छुट्टै छलफलमा न्यायाधीशहरू, आजको बैठकमा १३ जना सहभागी

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

इजलास नबसी छुट्टै छलफलमा न्यायाधीशहरू, आजको बैठकमा १३ जना सहभागी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूको बैठक सर्वोच्च अदालतमा जारी छ ।


Advertisement

सोमवारको बैठकमा १३ जना न्यायाधीश सहभागी रहेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisement

अघिल्लो बैठकमा उपस्थित भएका न्यायाधीश नहकुल सुवेदी अस्वस्थताका कारण उपस्थित हुन नसकेको स्रोतको दाबी छ ।

सोमवारको बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी रहेको स्रोतले जानकारी दियो ।


Advertisement

बिदामा रहेका अन्य ५ न्यायाधीश पनि फर्किएका छैनन् । 

सर्वोच्चमा सोमवार हाजिर भएका प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीश बैठकमा सहभागी रहेको स्रोतले जनायो ।

प्रधानन्यायाधीश जबराले ७ वटा इजलास तोके पनि सुनुवाइ शुरू हुन सकेको छैन् ।

सरकारमा भागबण्डा खोजेको लगायतका विभिन्न विषयमा असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशले निकास दिनुपर्ने बताउँदै आएका छन् ।

 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्