युरोपमा आतंक मच्चाइसकेको कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट भारतमा भेटियो

युरोपमा आतंक मच्चाइसकेको कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट भारतमा भेटियो
प्रतिकात्मक तस्वीर

भारतमा कोरोना भाइरस संक्रमण घट्दो क्रममा रहे पनि नयाँ भेटिएको भेरियन्टले चिन्ता निम्त्याएको छ ।


Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार बेलायत, युरोप लगायत देशमा आतंक मच्चाइसकेको कोरोनाको ‘डेल्टा प्लस – एवाई.४.२’ भेरियन्ट भारतमा भेटिएको छ ।


Advertisement

सीएसआईआर इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीका निर्देशक डा. अनुराग अग्रवालले नयाँ भेरियन्ट बेलायतबाट आएका व्यक्तिमा फेला परेको बताए । 

भारतका वैज्ञानिकले यसबारे थप अनुसन्धान र निगरानी गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्