माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले अमेरिका, फ्रान्स, जर्मनी लगायतका १० मुलुकका राजदूतहरूलाई देश छाडेर जानका लागि निर्देशन दिने निर्णय लिएपछि पश्चिमसँग टर्कीको सम्बन्धविच्छेद हुन लागेको चर्चा चलेको छ ।
दश देशका राजदूतहरूले गत साता एउटा संयुक्त बयान जारी गरेर समाजसेवी ओस्मान कवालालाई थुनामुक्त गर्न आह्वान गरेका थिए । सन् २०१३ मा देशभरि भएका विरोध प्रदर्शनमा आर्थिक लगानी गरेको तथा सन् २०१६ मा एर्दोआनविरुद्ध गर्न खोजिएको असफल कूमा संलग्न रहेको आरोप कवालामाथि लगाइएको छ । उनी विगत चार वर्षदेखि कारगारमा छन् ।
उनको मुद्दाको पुर्पक्ष चलिरहेको छ । उनले आफूमाथिका सबै आरोपको खण्डन गरेका छन् । उनलाई अनावश्यक रूपमा कैद गरिएको भन्दै १० देशका राजदूतले विज्ञप्ति जारी गरेका हुन् ।
राजदूतहरूको विज्ञप्ति सार्वजनिक भएपछि टर्कीको परराष्ट्र मन्त्रालयले उनीहरूलाई स्पष्टीकरणका लागि बोलाएको थियो । मन्त्रालयले उनीहरूको विज्ञप्ति गैरजिम्मेवार रहेको समेत जनायो ।
पछि एर्दोआनले एक जनसभालाई सम्बोभन गर्दै आफूले परराष्ट्रमन्त्रीलाई राजदूतहरू निकाला गर्न अनि पर्सोना नन ग्राटा अर्थात् अस्वीकार्य व्यक्ति घोषणा गर्न निर्देशन दिएको बताए । उनको यो घोषणासँगै विगत १९ वर्षमा पहिलोपटक एर्दोआनले पश्चिमसँग सम्बन्धविच्छेद गर्न खाजेको देखिएको चर्चा छ ।
एर्दोआनले अर्को साता विश्वका प्रमुख २० अर्थतन्त्रहरूको जी२० सम्मेलनमा पश्चिमी मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई भेट्ने कार्यक्रम छ । त्यस्तै ग्लास्गोमा आयोजना गर्न लागिएको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप२६मा पनि उनी सहभागी हुन सक्छन् । तर पश्चिमी मुलुकका राजदूतप्रति उनले गरेको व्यवहारका कारण ती सम्मेलनमा उनी पश्चिमी नेताहरूसँग कसरी प्रस्तुत होलान् भन्ने कौतुहलको स्थिति छ ।
एर्दोआनले लामो समयदेखि टर्कीमा निरंकुश शासन चलाउँदै आएका छन् । फरक मतलाई उनले निर्ममतापूर्वक दबाउने गरेका छन् । उनको विरोध गर्ने कवाला जस्ता व्यक्तिहरूप्रति उनले स्वाभाविक रूपमा कठोर व्यवहार देखाएका छन् ।
कवालालाई सन् २०१३ मा गरिएको विरोध प्रदर्शनको मुद्दामा पोहोर साल सफाइ दिइएको थियो । तर यो वर्ष सफाइको उक्त निर्णयलाई उल्ट्याइएको थियो अनि त्यसलाई कूको प्रयासको अभियोगसँग मिसाइएको थियो । यसरी उनलाई कारगारमा राखिरहिएको हो ।
पश्चिमी मुलुकहरूले व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई उच्च महत्त्व दिने हुनाले कवालाका विषयमा कुरा उठाएका हुन् । त्यसमाथि कवालाले मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि हात पारेका छन् । मानवअधिकारसम्बन्धी युरोपेली अदालतले पोहोर साल कवालालाई कारागारमा राख्नुपर्ने कुनै कारण नरहेको बताएको थियो ।
यस प्रकरणले पश्चिमसँग टर्कीको सम्बन्धविच्छेद गराउने एर्दोआनको पुरानो चेतावनीको स्मरण गराएको छ । सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका दुई मन्त्रीविरुद्ध प्रतिबन्ध लगाउँदै टर्कीको सामानमाथि आयातशुल्क दोब्बर बढाएपछि आक्रोशित भएका एर्दोआनले पश्चिमसँग सम्बन्ध टुटाएर रणनीतिक परिवर्तन गर्ने धम्की दिएका थिए । अमेरिकी पादरी एन्ड्रु ब्रनसनलाई गुप्तचरीको आरोप लगाउँदै टर्कीले थुनामा राखेपछि ट्रम्प प्रशासनले टर्कीका न्यायमन्त्री अब्दुलहमित गुल र गृहमन्त्री सुलेमान सोइलुविरुद्ध प्रतिबन्ध लगाएको थियो ।
त्यसै पनि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोको सदस्य मुलुक भए पनि एर्दोआनको शासनकालमा टर्कीले पश्चिमसँग प्रायः जोरी खोजिरहेको हुन्थ्यो ।
अझ अमेरिकाको विरोधका बावजुद टर्कीले रुससँग एस–४०० क्षेप्यास्त्रनिरोधी प्रणाली खरिद गरेपछि अमेरिकाले टर्कीमाथि प्रतिबन्ध समेत लगाएको थियो । उक्त प्रणालीले अमेरिकाको निकै महंगो हतियार प्रणाली एफ–३५ लाई जोखिम तेर्स्याउने भएकाले अमेरिका क्रुद्ध भएको हो ।
पश्चिमसँग सम्बन्ध बिग्रँदै जाँदा एर्दोआनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने सम्बन्ध बढाउँदै लगेका छन् । एक महिनाअघि रुसको सोची पुगेका एर्दोआनले पुटिनसँगको भेटमा सिरिया, लिबिया, आर्मेनिया–अजरबैजान लगायतका क्षेत्रमा दुई देशको स्वार्थ द्वन्द्वमा परिणत नहुने गरी मध्यमार्ग अपनाउने सहमति गरे । दुई देशबीच आर्थिक साझेदारी थप घनीभूत बनाउने सहमति पनि भएको छ ।
पश्चिमले रुसलाई शीतयुद्धकालीन मानसिकताका साथ शत्रुवत् व्यवहार गरिरहेको सन्दर्भमा रुसले टर्कीलाई साझेदार बनाउन खोजिरहेको छ । पश्चिमसँग टर्कीको पनि सम्बन्ध बिग्रँदै जाँदा रुस र टर्कीको स्वार्थ मिल्न थालेको छ । टर्की र नेटोका अन्य साझेदारबीच रणनीतिक फाटो ल्याउने पुटिनको प्रयासलाई पछिल्लो प्रकरणले थप सहायता गरेको देखिन्छ ।
त्यसो त भूराजनीतिक कारणले गर्दा पनि टर्की पश्चिमाहरूलाई परित्याग गर्दै रुससँग नजिकिन खोजेको देखिन्छ । भूराजनीतिक विश्लेषकहरूका अनुसार, रुसले अहिले उत्तरी ध्रुव अर्थात् आर्कटिक क्षेत्रमा व्यापक ध्यान दिइरहेको छ । जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रको हिउँ पग्लिँदै गएकाले मस्कोलाई भूमध्यसागरको न्यानो समुद्री बन्दरगाहमा पहुँच आवश्यक छैन ।
न्यानो सागरमा बन्दरगाहको खोजीका लागि सधैं टाउको दुखाइरहने रुसले अब आर्कटिकमा जहाज चलाउन र बन्दरगाहमा अड्याउन सक्ने स्थिति आउन थालेकाले रुसलाई नेटोबाट हुन सक्ने घेराबन्दीको डर हुने छैन ।
त्यस्तो डर नभएपछि भूमध्यसागरमा पहुँचका लागि टर्कीमाथि रुस निर्भर रहनुपर्दैन र टर्कीले रुसबाट रणनीतिक जोखिम पनि अनुभव गर्नुपर्दैन । रुसबाट रणनीतिक जोखिम नहुनेबित्तिकै टर्कीले उससँगको सम्बन्ध थप न्यानो बनाउने अवसर पाएको छ ।
रुससँगै पश्चिमको कोपमा परिरहेको चीनसँग पनि एर्दोआनले सम्बन्ध न्यानो बनाउन खोजेका छन् । इस्लामिक जगतको सम्मान हासिल गर्नका लागि एर्दोआनले सिन्च्याङ प्रान्तका उइगुर मुसलमानहरूको पक्षमा कुरा राख्ने गरेको भए पनि चीनको राष्ट्रिय सार्वभौमसत्तालाई सम्मान गर्ने बताएका छन् ।
टर्किश विरासत बोकेका उइगुरहरूलाई समेत समेटेर बृहत्तर टर्किश साम्राज्यको आकांक्षा राख्ने भए पनि एर्दोआनले चीनको संवेदनशीलतालाई विचार गर्ने गरेका छन् । देशको अर्थतन्त्र कमजोर बनिरहेको अनि बेरोजगारी र महंगी बढिरहेको स्थितिमा चीनको आर्थिक उदयबाट फाइदा लिनका लागि टर्की आतुर देखिन्छ ।
चीनको बेल्ट यान्ड रोड इनिसिएटिभलाई टर्कीको मिडल कोरिडोर इन्टरकन्टिनेन्टल ट्रान्सपोर्ट इनिसिएटिभसँग जोड्ने प्रस्ताव एर्दोआनले गरेका छन् । त्यस्तै बीआरआई र शांघाई कोअपरेसन अर्गनाइजेसनमा जोडिने इच्छा व्यक्त गरेर एर्दोआनले चीनसँग थप घनिष्ठ सम्बन्ध बनाउन खोजेको देखिन्छ ।
चीनसँग टर्कीको बढ्दो घनिष्ठताको अर्को प्रमाण पोहोर साल मौद्रिक विनिमयको निर्णयले दिएको छ । टर्कीको मुद्रा लिरा लगातार मुद्रास्फीति हुँदै जाँदा त्यहाँको केन्द्रीय बैंकले पहिलोपटक चीनसँग लिएको ऋण चिनियाँ मुद्रा युआनमै चुक्ता गर्ने निर्णय लियो । लगत्तै टर्कीको शीर्ष टेलिकम्युनिकेसन कम्पनी टर्क टेलिकमले आयातको मूल्य युआनमै चुकाउने घोषणा गरेको छ ।
युरेसियाली हार्टल्यान्डलाई थप बलियो बनाउने गरी टर्कीले चीन र रुससँग सम्बन्ध विस्तार अनि पश्चिमसँग क्रमशः सम्बन्धविच्छेद गर्नुमा अन्य पनि कारण छन् ।
अहिले उक्त देशमा अनुदारवादी इस्लामीहरूको वर्चस्व छ । अतातुर्क कमालले १०० वर्षअघि टर्कीमा लागू गरेको धर्मनिरपेक्षता पश्चिमको अन्धानुकरण हो र त्यसले देशको समृद्ध इस्लामी विरासतलाई बेवास्ता गरेको अनुदारवादीहरूको मान्यता छ ।
एर्दोआन त्यस्तो सोच राख्नेहरूका प्रतिनिधि हुन् । उक्त खेमाले पश्चिमसँगको निकट सम्बन्धलाई रुचाउँँदैन । उनीहरूलाई खुशी पार्नका लागि एर्दोआनले लोकरञ्जनवादी शैली अपनाउँदै पश्चिम र इजरायलविरोधी बयानहरू दिइरहेका हुन्छन् ।
अनि टर्कीमा कुर्दिश राष्ट्रवाद पनि चिन्ताजनक विषय बनेको छ । कुर्दहरूले टर्कीको उल्लेख्य भूभाग आफ्नो बेग्लै मुलुक कुर्दिस्तानमा पर्छ भन्ने गरेका छन् अनि सन् २०१३ मा त उनीहरूले रोजाभामा कुर्दिश स्वायत्त क्षेत्र नै घोषणा गरेका थिए । पश्चिमी मुलुक अनि इजरायलले कुर्दहरूलाई उचालेर टर्कीको सार्वभौमसत्ताको संवेदनशीलतालाई बेवास्ता गरेको गुनासो एर्दोआनले गर्ने गरेका छन् । त्यसैले पनि पश्चिमसँग साझेदारी गर्न एर्दोआनलाई मन छैन ।
त्यसबाहेक अर्थतन्त्र कमजोर भए पनि टर्की अझै पनि विश्वको शीर्ष २० अर्थतन्त्रमा पर्छ । उसको सैन्यशक्ति पनि बलियो छ र नेटो सदस्यहरूमा ऊ अमेरिकापछिको दोस्रो शक्ति हो । भूराजनीतिक विश्लेषक पिटर जाइहानका अनुसार, टर्कीलाई कम आँक्ने भूल कसैले पनि गर्न मिल्दैन ।
टर्कीका सैनिकहरूले इराक, सिरिया र लिबियामा गरेका सैन्य कारवाहीहरूमा सफलता पाएका छन् । उसले कतार र सोमालियामा पनि सैन्य अड्डा स्थापना गरेको छ । रक्षा क्षेत्रमा उसको लगानी पनि लोभलाग्दो छ ।
अझ पश्चिम एसियाबाट अमेरिका क्रमशः हट्न खोजिरहेको सन्दर्भमा टर्कीको आत्मविश्वास झनै बढेको छ । त्यसैले पनि पश्चिमसँग सम्बन्धविच्छेद गर्न एर्दोआनले खासै हिचकिचाहट नदेखाएका हुन् ।
तर यति हुँदाहुँदै पनि पश्चिमसँग पूरै सम्बन्धविच्छेद गर्न एर्दोआनलाई सहज हुने छैन । चीनसँग आर्थिक सम्बन्ध विस्तार गरे पनि टर्कीले युरोपेली संघसित सहकार्य जारी राख्नुपर्ने बाध्यता देखिन्छ ।
टर्कीले निर्यात गर्नेमध्ये आधाभन्दा बढी सामान युरापेली संघले किन्ने गरेको छ । त्यसबाहेक टर्कीमा गरिएको प्रत्यक्ष वैदेशिक लगानीको दुईतिहाइभन्दा बढी भाग युरोपेली संघले ओगटेको छ ।
त्यसैले तत्कालका लागि पश्चिमविरुद्ध विषवमन गरिरहेका भए पनि एर्दोआनले पश्चिम तथा चीन र रुससँगको सन्तुलित सम्बन्ध कायम गर्ने सम्भावना देखिन्छ ।
तर कालान्तरमा एर्दोआनले टर्कीलाई क्रमशः पश्चिमबाट पूर्वतर्फ सम्बन्ध विस्तार गराउन सक्छन् ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...