×

NMB BANK
NIC ASIA

सर्वोच्चमा विद्रोह

न्यायाधीश बैठकको भित्री कुरा: 'अपमानजनक बहिर्गमन भन्ने बाटो किन छाड्ने, एकपटक कुरा सुनौं न'

कात्तिक ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतका १३ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबारे निर्णय गर्नुपूर्व उनीसँग सामूहिक छलफल गर्ने भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार प्रधानन्यायाधीशले बोलाएको फूलकोर्टको बैठक बहिष्कार गरेर छलफलमा जुटेका न्यायाधीशहरूले एकपटक जबराको कुरा सुन्ने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी जनतालाई न्याय दिने न्यायाधीशले जसको बारेमा निर्णय गर्दैछौं उसको कुरा नसुन्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीतको कुरा हुन्छ,’ सोमवारको बैठकमा सहभागी एक न्यायाधीशले लोकान्तरसँग भने, ‘उहाँको कुरा सुनेपछि भोलि फेरि बैठक बसेर निर्णय लिन्छौं ।’


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार सोमवारको बैठकमा विगतमा प्रधानन्यायाधीश जबरा निकट मानिने न्यायाधीशले समेत ‘कुनै निकास आउन सक्छ, एकपटक उहाँको कुरा सुनौं न’ भनेर भनेको ती न्यायाधीशले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘न्यायालयमा भएको विकृतिको जड नेतृत्व हो र नेतृत्वले निकास दिनुपर्छ भन्ने कुरामा हामी सबै एकमत छौं, तर कुनै निर्णय गर्नुभन्दा पहिले उहाँको कुरा सुनौं भन्ने सर्वसम्मत निर्णय भएको हो,’ ती न्यायाधीशले लोकान्तरसँग भने । 

सर्वोच्चकै अर्का एक न्यायाधीशले प्रधानन्यायाधीशलाई ग्रेसफूल एक्जिट (सम्मानजनक बहिर्गमन)का लागि आग्रह गर्ने सहमति भएको बताए । 

‘निर्णय गर्नुभन्दा पहिला उहाँको पनि कुरा सुनौं, डिसग्रेसफूल एक्जिट (अपमानजनक बर्हिगमन) भयो भन्ने बाटो किन छाड्ने भन्ने हाम्रो निष्कर्ष रह्यो,’ लोकान्तरसँग सम्पर्कमा आएका अर्का न्यायाधीशले भने । 

प्रधानन्यायाधीशसँग भेटेर के कुरा राख्न खोज्नुभएको भन्ने सवालमा ती न्यायाधीशले ठट्टा गर्दै भने, ‘कतै उहाँले नाटकीय कुरा पो गर्नु हुन्छ कि ? या उहाँको कुराले हाम्रो हृदय परिवर्तन पो हुन्छ कि ?’ 

बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी थिए ।

न्यायालयमा भएको विकृति सुधारका लागि आइतवार १४ न्यायाधीशबीच छलफल भएको थियो । परिवारका एक सदस्य बिरामी परेका कारण न्यायाधीश नहकुल सुवेदी सोमवारको बैठकमा उपस्थित भएनन् ।

हाल काठमाडौंबाहिर रहेका अन्य न्यायाधीशको पनि आफूहरूको अभियानमा साथ रहेको आजको बैठकमा सहभागी न्यायाधीशहरूले जनाएका छन् । 

भोलि प्रधानन्यायाधीश जबरासँग छलफल गर्ने निष्कर्षमा पुगेका न्यायाधीशरूले निकास नआउँदासम्म इजलासमा नबस्ने बताएका छन् ।

सोमवारका लागि ७ वटा इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेन । 

प्रधानन्यायाधीशले मन्त्रिपरिषद् तथा राजदूत लगायत विभिन्न लाभका नियुक्तिमा भागबण्डा खोजेको, नेताहरूसँग भेट्दै हिँडेको, न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आनाकानी गरेको जस्ता विषयलाई लिएर प्रधानन्यायाधीशको चौतर्फी आलोचना भइरहेको छ । 

शुक्रवार मात्र पूर्व न्यायाधीश फोरमले जबरा रहेसम्म न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रता कायम रहन नसक्ने भन्दै निकास दिन आग्रह गरेको थियो । 

नेपाल बार एसोसिएसनको सोमवार बसेको बैठकले पनि प्रधानन्यायाधीश जबरालाई निकास दिन आग्रह गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x