काठमाडौंमा रेडपाण्डाको छालासहित पाँच जना पक्राउ

काठमाडौंमा रेडपाण्डाको छालासहित पाँच जना पक्राउ

काठमाडौं महानगरपालिका-७ चावहिलस्थित सत्कार क्याफेबाट करीब ९० सेन्टिमिटर लम्बाइ र १५ सेन्टिमिटर चौडाइ भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला र ६ थान मोबाइलसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे रोशी गाउँपालिका-३ घर भएका २६ वर्षीय युवक लामा, नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका-२ घर भएका २२ वर्षीय अरुण राई, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्चि नगरपालिका-२ घर भएका २० वर्षीय सुभाष गिरी र काठमाडौं गोकर्ण बस्ने रसुवा गोसाइकुण्ड गाउँपालिका-६ घर भएका २० वर्षीय दावा घले रहेको प्रहरीले जनाएको छ ।


Advertisement

काठमाडौं चावहिल क्षेत्रमा प्रतिबन्धित दुर्लभ रेडपाण्डाको छाला अवैध रुपमा बिक्री गर्नका लागि लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई बिक्री गर्ने उद्देश्यले ल्याएको उक्त छालासहित पक्राउ गरेको हो ।

उनीहरूलाई उक्त छालासहित आवश्यक कारवाहीका लागि सोमवार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्