×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन अनिश्चित

कांग्रेस महाधिवेशन पाँचौपटक सर्ने निश्चित, चुनावसम्म धकेल्न विकल्प खोज्दै देउवा !

कात्तिक ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेसको विधानअनुसार तोकिएको मितिमा महाधिवेशन भएको भए २०७६ फागुनमा १४ औं महाधिवेशन सम्पन्न भइसक्थ्यो । तर, वैधानिक मितिभन्दा दुई वर्ष पर पुग्दा पनि कांग्रेसको महाधिवेशन निश्चित हुन सकेको छैन । 

Muktinath Bank

पाँचौपटक सारेर मंसिर ९ देखि १३ सम्म कांग्रेसको १४ औं महाधिवेशन गर्ने भनिए पनि अब त्यो मितिमा महाधिवेशन नुहने निश्चित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैं अगाडिबाट रोकिएको महाधिवेशन प्रक्रिया छठअगाडि गति लिने सम्भावना छैन ।


Advertisment
Nabil box
Kumari

१४ औं महाधिवेशनका लागि तयार गरिएको निर्वाचन कार्यतालिका भद्रगोल भएको छ । यसलाई सच्याउनका लागि कांग्रेसको कुनै पनि तहको बैठक बस्न सकेको छैन । 

Vianet communication
Laxmi Bank

त्यसमाथि आगामी शुक्रबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जाँदैछन् । त्यसलगत्तै तिहार र छठ पर्व संघारमा छ । त्यसबेला महाधिवेशन प्रक्रिया अघि बढ्ने सम्भावना छैन ।  

भद्रगोल कार्यतालिका

मंसिरमा हुने महाधिवेशनको लागि कांग्रेसले कार्यतालिका प्रकाशन गरेर निर्वाचन कमिटीलाई दिएको थियो । त्यसअनुसार, भदौ १८ गते देशभर वडा तहको अधिवेशन गर्ने भनेको थियो । 

त्यसैगरी गाउँ तथा नगर अधिवेशन २७ भदौमा गर्ने भनिएको थियो । त्यसअघि गाउँ तथा नगर अधिवेशन साउनमै गर्ने तय थियो । त्यसपछि, क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोजमा तोकिएको थियो । 

यसैगरी, जिल्ला अधिवेशन पनि असोजमा गर्ने भनिएको थियो । प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन ५ असोजमा तोकिएको थियो । 

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा १० असोजमा जिल्ला अधिवेशन हुने भनिएको थियो । नयाँ तालिका अनुसार, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकका लागि तोकिएको थियो ।

तर, यो कार्यतालिका पूरै प्रभावित भएको छ । कांग्रेसले अझै प्रदेश–२ का आठ र पहाडी क्षेत्रका बाँके, कैलाली, डोल्पा, सुर्खेत र रसुवा गरी १३ जिल्लामा वडा अधिवेशन नै गर्न सकेको छैन । त्यसमध्ये, तीन जिल्ला बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद नै टुंगिन सकेको छैन ।

कार्यतालिका अनुसार १० असोजमा नै जिल्ला अधिवेशन सकिनुपर्थ्यो । तर, अहिलेसम्म जम्मा १३ वटा जिल्लामा मात्रै जिल्ला अधिवेशन सकिएको छ । अहिले कांग्रेसमा महाधिवेशनको सबै प्रक्रिया ठप्प छ ।

दशैं अगाडिबाट रोकिएको कांग्रेसको महाधिवेशन प्रक्रिया छठ पर्वअगाडि शुरू हुने अवस्था छैन । नेता तथा कार्यकर्ताहरू पर्वको मूडमा रहेकाले महाधिवेशन प्रभावित भएको कांग्रेसका नेताहरू बताउँछन् । कांग्रेस महामन्त्री शेखर कोइरालाले आइतबार चितवन पुगेर महाधिवेशनको रोकिएको प्रक्रिया तिहारलगत्तै शुरू हुने बताएका छन् ।

तिहारपछि जिल्ला अधिवेशन गरेर कांग्रेसले मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने सम्भावना छैन । तसर्थ, कांग्रेसको महाधिवेशन फेरि सर्ने निश्चित भएको छ । 

यसरी पाँचपटक सारियो महाधिवेशन

कांग्रेसको वैधानिक व्यवस्था अनुसार, २०७६ फागुनमा १४ औं महाधिवेशन हुनुपर्दथ्यो । त्यसको चार वर्ष अगाडि २०७२ फागुनमा कांग्रेसले १३ औं महाधिवेशन गरेको थियो । त्यही महाधिवेशनबाट शेरबहादुर देउवाले कांग्रेसको केन्द्रीय कमाण्ड सम्हालेका थिए । 

तर, विशेष कारणवश महाधिवेशन गर्न नसकिएको भनेर २०७६ पुसमा कांग्रेस केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्‍यो र २०७७ फागुन ७ को लागि महाधिवेशनको मिति तोकियो । 

त्यसबीचमा महाधिवेशन तयारीको कुनै काम कांग्रेसले गरेन । पार्टीमा क्रियाशील सदस्यता विवाद थियो । त्यसको निरूपणमा पनि कांग्रेसले ध्यान दिएर काम गरेन । 

२०७६ माघमा नेपालमा पहिलोपटक देखिएको कोराना संक्रमणको असरले २०७७ सालभर नै देशलाई आक्रान्त पार्‍यो । त्यसबेला कांग्रेसलाई महाधिवेशन सार्ने गतिलो बहाना बन्यो– महामारीको बीचमा महाधिवेशन गर्न सकिँदैन भन्ने तर्क ।

त्यसपछि केन्द्रीय समितिको कार्यकाल ६ महिना थपियो र २०७८ भदौ १८ मा १४ औं महाधिवेशन गर्ने भनियो । २०७८ भदौसम्ममा महाधिवेशन नगर्दा कानूनले कांग्रेस पार्टीलाई चिन्दैनथ्यो । 

भदौमा महाधिवेशन नगर्ने हो भने संविधानको धारा २६९ को उपधारा (४) उल्लंघन हुन्थ्यो र कांग्रेसको वैधानिकता सकिन्थ्यो । त्यसैलाई मध्यनजर गरेर कांग्रेसले भदौमा महाधिवेशन तय गरेको थियो । 

तर, त्यो मितिमा पनि कांग्रेसको महाधिवेशन जुरेन । देशभरको क्रियाशील सदस्यता विवाद भदौमा तोकिएको मितिका लागि बाधक बन्यो । कांग्रेसले कानूनी संकट टार्नका लागि निर्वाचन आयोगसँग परामर्श गर्‍यो । 

आयोगले भदौमै वडा तहको महाधिवेशन शुरू गरेर पुससम्ममा राष्ट्रिय महाधिवेशन सक्न सहमति दिएपछि कांग्रेसले फेरि महाधिवेशन सारेर मंसिरको ९ देखि १३ सम्म आयोजना गर्ने निर्णय गरेको छ । 

के छ तयारी ?

महाधिवेशनको प्रक्रिया रोकिएपछि कांग्रेसका नेताहरू छलफलमै जुट्न सकेका छैनन् । 

असोज अन्तिममा आएको बेमौसमी वर्षा र बाढीका कारण ठूलो धनजनको क्षति भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा देश दौडाहामा व्यस्त छन् । 

कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महत केही दिनअघि भारत भ्रमणमा थिए । लगत्तै संस्थापन इतर समूहमा रहेका महामन्त्री डा. शशांक कोइराला भारत भ्रमणमा गएका छन् । दशैंको अवसरमा जिल्लामा गएका नेताहरू काठमाडौं फर्किन नसकेको हुँदा पनि छलफलका लागि जुट्न नसकेको संस्थापन पक्षका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए । 

महाधिवेशनको प्रक्रिया रोकिएको बारे छलफल गर्न संस्थापन इतर समूहले आजै बैठक राख्ने तयारी गरेको थियो । तर, सबै नेता काठमाडौंमा नभएको कारण भोलि बस्ने तयारी गरिएको एक नेताले बताए । 

कांग्रेस केन्द्रीय सदस्य एवं संस्थापनइतर समूहमा रहेका नेता अजुर्ननरसिंह केसी तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने बताउँछन् । 

‘तोकिएको मितिमा नै महाधिवेशन हुनुपर्छ । त्यसमा कुनै कारण देखाएर सार्नु लज्जास्पद हुन्छ । पार्टी नेतृत्वले ५/६ पटक महाधिवेशनको मिति सारिसक्यो । फेरि सार्दा त्यसमा नेतृत्वको शिथिलता र कमजोरी देखिन्छ, त्यसले कसैलाई फाइदा गर्दैन’, केसीले भने । महाधिवेशनको प्रक्रिया रोकिएको ठाउँमा प्रक्रिया अघि बढाउने जिम्मेवारी संस्थापन पक्षकै भएको केसीको तर्क छ ।

‘चार वर्षभित्र अविधेशन हुनुपर्दथ्यो । नसक्दा विशेष कारणवश हुन नसक्ने हो । तर, त्यस्तो के विशेष कारण आइपर्‍यो भन्ने जस्टिफिकेसन कहीँ छैन । हुनुपर्ने मितिबाट दुई वर्ष पर आउँदा पनि महाधिवेशन हुन नसक्नु नेतृत्वका लागि लज्जाजनक विषय हो’, केसीले भने ।

केन्द्रीय सदस्य खतिवडा भने तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भएकाले चाँडै छलफलमा बसेर निर्णय गरिने बताउँछन् । ‘सभापति एवं प्रधानमन्त्री केही दिनमा बेलायत जाँदै हुनुहुन्छ । लगत्तै तिहार आइसकेको छ । त्यसपछि छठ छ, अनि मात्रै छलफल होला’, खतिवडाले भने । 

कांग्रेसका अर्का केन्द्रीय सदस्य गुरूराज घिमिरे पनि मंसिर ९ मा महाधिवेशन नहुने निश्चित भएको बताउँछन् ।

‘मंसिर ९ मा त महाधिवेशन हुँदै हुँदैन । तर, महाधिवेशन नै नहुने हो कि भन्ने चिन्ता बढेको छ । यसलाई कसरी अगाडि बढाउने भनेर छलफलको तयारी गरेका छौं’, घिमिरेले भने ।

निर्वाचनसम्म महाधिवेशन धकेल्ने देउवाको प्रयास 

कांग्रेसका सभापति शेरबहादुर देउवा भने आगामी संसदीय निर्वाचनसम्म महाधिवेशनलाई धकेल्ने विकल्पको खोजीमा रहेको कांग्रेसकै नेताहरू बताउँछन् । 

देउवाले महाधिवेशनबाट पार्टी सभापतिमा दोहिरिने तयारी गरेको भए पनि वडा र पालिका तहको प्रारम्भिक नतिजा देउवाको पक्षमा देखिएको छैन । त्यही अवस्था महाधिवेशन प्रतिनिधि चुनिदाँसम्म रह्यो भने पार्टी कमाण्डमा दोहोरिने देउवाको चाहना अधुरो रहन्छ । अझ, देउवाकै विश्वासिला सहयोगी विमलेन्द्र निधि उनलाई छाडेर सभापति बन्ने दौडमा लागेका छन् । 

सभापतिमा दोहोरिन सजिलो बाटो नदेखेका देउवाले महाधिवेशनलाई निर्वाचनसम्म धकेल्न सके आगामी चुनावमा टिकट बाँड्नेदेखि फेरि प्रधानमन्त्रीमा दोहोरिनेसम्मको सपना देखेका हुनसक्छन् । त्यही कारण उनले महाधिवेशनमा ध्यान नदिएको हुन सक्ने कांग्रेसकै नेताहरू बताउँछन् ।

कांग्रेस नेता गुरूराज घिमिरेले व्यक्त गरेको महाधिवेशन नै नहुने हो कि भन्ने आशंकाले पनि देउवाको यो अभिष्टलाई संकेत गर्छ । घिमिरे कांग्रेसमा संस्थापन इतर समूहमा छन् । 

अर्का केन्द्रीय सदस्य केसी भन्छन्, ‘उहाँको इच्छा त आफैँले हालीमुहाली गरेर टिकट बाँड्ने, पहिलेजस्तै मनपरी गरेर पार्टीलाई भद्रगोल र धरासायी बनाउने हुनसक्छ । तर, वैधानिक अस्तित्व नै सकिएको केन्द्रीय कमिटी धेरै दिन रहनुहुँदैन । यो कामचलाउ मात्रै हो । अधिवेशनबाट चाँडोभन्दा चाँडो प्रतिस्थापन गरिहाल्नुपर्छ ।’

संस्थापन पक्षकै नेता खतिवडा कांग्रेसको महाधिवेशन भन्दा अगाडि संसदीय निर्वाचन भए कांग्रेसलाई भन्दा बढी फाइदा देशलाई हुने बताउँछन् । 

उनी भन्छन्, ‘पहिला संसदीय निर्वाचन र त्यसपछि कांग्रेसको महाधिवेशन गर्ने हो भने कांग्रेसलाई भन्दा देशलाई बढी फाइदा हुन्थ्यो । यो चाहना कसको हो त्यो पूरा भइदिए हुन्थ्यो । देशलाई हंग पार्लियामेन्टमा राखेर तानातान गरेर टालाटुली बटुली गरेर धेरै दिन चलाउने अवस्था छैन ।’

स्थानीय चुनावभन्दा पहिला संसदीय चुनाव हुनुपर्ने उनको मत छ । 

कांग्रेस संस्थापन इतर समूह भने संस्थापन पक्षलाई दबाब दिएरै भए पनि चाँडोभन्दा चाँडो महाधिवेशन गराउने पक्षमा देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x