×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री केसीसामु लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले राख्यो ३२ बुँदे माग

कात्तिक ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले आफ्ना विभिन्न मागप्रति मुख्यमन्त्री कूलबहादुर केसीको ध्यानाकर्षण गराएको छ ।

Muktinath Bank

चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल लगायतको टोलीले मुख्यमन्त्री केसीसमक्ष ३२ बुँदे मागपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।
 
संस्थाका अध्यक्ष पोखरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य, समन्वय र सह–अस्तित्व सुनिश्चितताका लागि सरकारलाई पहल गर्न माग राखिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्र मैत्री बजार नीति तथा कानूनहरूको अबिलम्ब निर्माण गर्न सरकारको ध्यानाकर्षण गरिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘समन्वय, सहकार्य र सहअस्तित्वको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै निजी क्षेत्र प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्न तयार छ । त्यसका लागि हाम्रो अभिभावकको रूपमा रहेको प्रदेश सरकारले आवश्यक वातावरण बनाउनेछ भन्ने अपेक्षा एवं विश्वास लिएका छौं,’ उनले भने ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री केसीलाई बुझाइएको मागपत्रमा प्रदेश सरकारले सञ्चालन गरेका सामाजिक कार्यक्रम, सूचना तथा सञ्चार क्षेत्र, कृषि औद्योगीकरण, उत्पादन तथा बजारीकरण तथा पर्यटन जस्ता दीर्घ महत्त्व भएका योजनाहरूमा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरिएको छ ।

निकासी पैठारीका लागि सरकारले निकै कम कानूनहरू निर्माण गरेको बताउँदै चेम्बर अफ कमर्सले नीति तथा कानून निर्माण प्रक्रियामा सरकारले निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने माग राखेको छ ।

प्रदेशका राजस्व संकलक कार्यालयलाई कर दातामैत्री बनाउन तथा भन्सार केन्द्रित अर्थतन्त्र निरुत्साहित हुने गरी सरकारी नीति बनाउन सरकारसमक्ष माग राखेको छ । 

मागपत्रमा प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना तथा विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।
 
प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा आफूहरू उत्सुक भएको जनाउँदै चेम्बर अफ कमर्सले सम्मेलनमा निजी क्षेत्रको सहकार्यलाई उच्च महत्त्व दिन आग्रह गरेको छ । मागपत्रमा भनिएको छ, ‘लगानी सम्मेलन र प्रदेशमा उत्पादित सामग्रीहरूको प्रदर्शनी मेला आयोजनालाई उपलब्धिमूलक ढंगले सम्पन्न हुने गरी निरन्तरता दिन र त्यस्ता कार्यक्रमहरू आयोजना गर्दा निजी क्षेत्रलाई सहकार्यको अवसर प्रदान गर्न आग्रह गर्दछौं ।’ 

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाउन पहल गरी प्रदेशमा लगानी र ओद्योगिकीकरणको आधार तयार गर्न पनि सरकारसमक्ष आग्रह गरिएको छ ।
  
यसअघिका २ वटा लकडाउनले अर्थतन्त्रलाई धरासायी पारेको अवगत गराउँदै चेम्बर अफ कमर्सले मुख्यमन्त्री केसीसमक्ष कोभिड–१९ को लागि भ्याक्सिन, स्वास्थ्य उपकरण तथा अस्पताल शय्याको उचित व्यवस्थापन गर्न पनि माग गरेको छ । मागपत्रमा कोभिड–१९ न्यूनीकरणका लागि लकडाउनलाई अन्तिम विकल्पका रूपमा नदेख्न सरकारलाई आग्रह गरिएको छ ।

मागपत्रमा भनिएको छ, ‘औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरू सम्पूर्णलाई अविलम्ब खोपको व्यवस्था गर्न पनि सरकारसमक्ष आग्रह गर्दछौं ।’

संस्थाका अध्यक्ष पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमा उल्लेख गरिएका प्रदेश गौरवका आयोजनालाई तीब्रता दिन, बुटवल–भैरहवालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्न, स्वदेशमा नै रोजगारी र उत्पादनका अवसरहरू सिर्जना गर्न, लुम्बिनी आउने पर्यटकलक्षित पूर्वाधारको निर्माण गर्न र पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रले गर्ने पूर्वाधार निर्माणको मापदण्ड तयार गरी तीब्रता दिन माग राखिएको छ ।

‘स्थानीय उत्पादनलाई प्रोत्साहन दिन स्थानीय उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने गरी भइरहेको आयात प्रतिस्थापन गर्ने तर्फ आवश्यक ध्यान दिन माग गर्दछौं,’ मागपत्रमा उल्लेख छ ।
 
प्रदेशको सरकाले विज्ञको अनुसन्धान तथा सहयोगमा प्रोजेक्ट बैंक तयार गरी प्रोजेक्टहरुमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नेखालका कार्यक्रमहरुमा निजी क्षेत्रसँग सहकार्य गर्न आग्रह गरिएको छ । 

मागपत्र बुझ्दै मुख्यमन्त्री केसीले प्रदेशको विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउँदै मागलाई सरकारले छिट्टै छलफलमा लैजाने बताए । उनले निजी क्षेत्रसँग सरकारले हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x