४ पूर्वप्रधानन्यायाधीशले भने– प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ

४ पूर्वप्रधानन्यायाधीशले भने– प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ

चार पूर्वप्रधानन्यायाधीशहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले न्यायालयमा देखिएका विवादको निकासका लागि राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्नेमा जोड दिएका छन् ।
पूर्वप्रधानन्यायाधशीहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र  सुशीला कार्कीले सोमबार संयुक्त वक्तव्य निकालेर यस्तो धारणा राखेका हुन् ।


Advertisement

‘न्यायिक प्रकृया नै सुचारु हुनु नसक्ने गरी सहकर्मीहरु बीचको विश्वास भत्कन दिनु, न्यायिक प्रकृया आफ्नो प्रकृति अनुरुप सुचारु राख्न कोशिस नहुनु, आफ्नो छविको कारण समग्र न्यायपालिकाले नै अपारदर्शी र अविश्वसनीयताको भार बोक्नुपर्ने परिस्थिति यथावत रहन नदिने हो र त्यसको स्वीकार्य समाधान अविलम्ब खोज्ने हो भने न्यायपालिका, कानून प्रणाली, प्रजातन्त्र र राष्ट्रको लागि वर्तमान नेतृत्वले जो चाहिने त्याग गरेर भए पनि मार्ग प्रसस्त गर्नुपर्ने हुन्छ’, वक्तव्यमा भनिएको छ, ‘अहिलेको समस्या प्रधानन्यायाधीशले सृजित गरेको समस्या भएकोले यसको जवाफदेहीता प्रधानन्यायाधीश स्वयंले ग्रहण गर्नु पर्दछ । न्यायपालिकाले आफूभित्र देखा परेका समस्या आफ्नै सुझबुझ र विवेकबाट समाधान गर्नसक्छ तर त्यसो प्रयास नगर्ने हो भने विधायिकी क्षेत्रबाट हस्तक्षेप हुन जानेछ । प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनिकरण गर्न सघाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास छ ।’


Advertisement

वक्तव्यमा न्यायपालिकासँग राष्ट्रिय हित, प्रतिष्ठा र स्वाभिमानको प्रश्न जोडिने हुनाले न्यायपालिका समक्ष विद्यमान चुनौतिपूर्ण अवस्थाप्रति गम्भीर हुन राज्यका अन्य अंग र राजनीतिक दलहरुलाई अपील समेत गरिएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्