
शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईदेखि गोवा जाने क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । नारकोटिक्स कन्ट्रोल ब्युरोले आर्यनलाई मुम्बईको टर्मिनलबाट नियन्त्रणमा लिएको थियो । अहिले भने आर्यन रिहा भएका छन् ।
आर्यनलाई लिन शाहरुख खानका बडिगार्ड रवि गएका थिए । रवि सिंह शाहरुखका व्यक्तिगत बडिगार्ड हुन् । रवि हरपल शाहरुखको साथमा रहन्छन् । उनी पछिल्लो एक दशकदेखि शाहरुखको सुरक्षा गरिरहेका छन् ।
कति पाउँछन् पारिश्रमिक ?
मिडिया रिपोर्टका अनुसार रविले २.७० करोड भारु पाउँछन् । रवि क्यामरामा आउन खासै मन पराउँदैनन् । उनी पापाराजीदेखि सकभर टाढै रहने कोसिस गर्छन् । तर, शाहरुखको साथमा रहँदा उनको फोटो आइनै हाल्छ ।