×

NMB BANK
NIC ASIA

पर्यटक बढ्न नसकेपछि पर्यटन प्रवर्द्धन अभियानमा बाँके निकुञ्ज

कात्तिक १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ । 

Muktinath Bank

२०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरवास र कोहलपुर नगरपालिकाको खड्कवार घरवासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

बाँके राष्ट्रिय निकुञ्जमा घुम्नका लागि पैदलमार्ग, हात्ती सफारी, बास बस्नका लागि घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । पाटेबाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ ।

Vianet communication
Laxmi Bank

कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताए । उनले वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवर्द्धनसँगै १३ नम्बर वडालाई हरित वडाका रूपमा अगाडि बढाइएको बताए । 

बाँके निकुञ्जसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि स्थापनाको एक दशकसम्म पनि बाँके निकुञ्जमा पर्यटन प्रवर्द्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । 

निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चिनाउन आफूहरू लागिपरेको जनाउँदै उनले भने, 'निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छाैं ।'

आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा ८९९ पर्यटक निकुञ्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि ८६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकका मात्र १४ पर्यटक निकुञ्ज पुगेका छन् । 

बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा चारमा सीमित पाटेबाघ अहिले २१ पुगेको छ । अहिले त्यो संख्या बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x