२६ जेठ २०८३, मंगलबार

मुख्यमन्त्री राई ५ मन्त्री नियुक्त गर्दै, शपथको तयारी

कात्तिक १६, २०७८
मुख्यमन्त्री राई ५ मन्त्री नियुक्त गर्दै, शपथको तयारी
फाइल फोटो

१ नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारमा ५ मन्त्री नियुक्त गर्ने भएका छन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट केदार कार्की आन्तरिक मामिला मन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बन्ने जनाइएको छ ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट राई मुख्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री राई र नयाँ नियुक्त हुने मन्त्रीको शपथको तयारी भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्