२७ जेठ २०८३, बुधबार

समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने

कात्तिक १६, २०७८
समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने

 प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का महासचिव किटैक लिमले शिष्टाचार भेटवार्ता गरेका छन् ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन बेलायतमा रहेका देउवासँग महासचिव लिमले आज ‘साइडलाइन’ भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा उनीहरुबीच समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

    सो अवसरमा महासचिव लिमले समुद्रसँग सम्बन्धित स्वीडेन र मोल्टामा रहेका विश्वविद्यालय र इच्स्टिच्युटमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी राखेको प्रस्तावमा प्रधानमन्त्री देउवाले धन्यवाद दिएका थिए ।  

    सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्