प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन पूरै समय (चुनावसम्म) कायम रहने बताएका छन् ।
गठबन्धनको बारेमा कुनै शंका गर्न जरुरी नभएको उनले बताए ।
स्कटल्यान्डमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनसम्बन्धी सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा बिहीवार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले गठबन्धन चुनावसम्मै जाने बताएका हुन् ।
‘गठबन्धन पूरै समय चल्छ । गठबन्धनको बारेमा कुनै शंका नगर्नु भए हुन्छ,’ देउवाले भने ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन, न्यायालयमा देखिएको विवाद तथा अन्य कारणले गठबन्धनको भविष्यमाथि अनेकन आशंका गरिएका छन् ।
कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धनले पूरै कार्यकाल चल्ने दाबी गरेका हुन् ।