
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएका छन् ।
मंगलवार उनी सर्वसम्मत संघको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय सर्वसम्मतिमै यसअघि नै निर्वाचित भइसकेका थिए ।
मंगलवार काठमाडौंमा आयोजित संघको वार्षिक कार्यक्रममा नयाँ कार्यसमिति घोषणा गरिएको छ ।
यसअघिसम्म सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल संघका अध्यक्ष थिए ।