×

न्यायको बन्ध्याकरण गर्ने प्रधानन्यायाधीश अब गंगाजल छर्केर शुद्ध हुँदैनन्– शम्भु थापा

कात्तिक २६, २०७८

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नगरे उनको कार्यकालभरी यस्तै आन्दोलन हुने बताएका छन् ।

Laxmi Bank

बारबाट प्रधानन्यायाधीशको बहिर्गमन भइसकेकाले उनी धेरै दिन नटिक्ने थापाले दाबी गरे । 


Advertisment

सर्वोच्च अदालतको गेटमा भएको धर्नापछि शुक्रवार बारको प्राङ्गणमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीश जबराले न्यायको बन्ध्याकरण गरेको आरोप लगाएका हुन् । 


Advertisment

‘प्रधानन्यायाधीशले कुर्सी छाड्दैनन् भने हाम्रो विरोध कार्यक्रम उनको कार्यकालभरी चल्छ । सर्वोच्चलाई बन्ध्याकरण गर्ने काम प्रधानन्यायाधीशले गरेका छन् । बन्ध्याकरणको औजार फाल्नु जरुरी छ,’ थापाले भने । 

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशलाई न्याय दिने अधिकार भए पनि न्यायको खरिद बिक्री गर्ने अधिकार नभएको बताए । 

‘तपाईंले न्यायलाई बन्ध्याकरण गर्नुभएको छ । राजीनामा गर्न ढिला भयो भने तपाईले हेरेका कारण देखाऊ आदेशको उजागर हुनेछन्,’ थापाले भने । 

थापाले सैनिक र प्रहरीको बलमा सर्वोच्च अदालत प्रवेश गर्दैमा अदालत नचल्ने बताए । ‘कानून पढेको भए, वा कानूनको पुस्तक पल्टाएको भए तपाईंको बहिर्गमन भइसकेको छ । बारले बहिर्गमन गराइसकेपछि तपाईं फेरि पुलिस र सैनिकको घेरामा सेवा प्रवेश गरेर आउनुको कुनै औचित्य छैन,’ थापाले भने । 

थापाले प्रधानन्यायाधीश जबरा अब गंगाजल छर्केर शुद्ध हुन नसक्ने उनको टिप्पणी छ । ‘तपाईं साँच्चै प्रधानन्यायाधीश हुनुहुन्थ्यो भने बारको आन्दोलन भएको ठाउँमा आउने हिम्मत गर्न सक्नुपथ्र्यो, गंगाजल छर्केर शुद्ध हुन्छु भन्ने नसोच्नुस्,’ थापाले भने ।  

न्यायको चीरहरण समाप्त गर्नका लागि बारको आन्दोलन भइरहेको भन्दै पैसाको बलमा सेतो पेटी बाँधेर विरोध गर्नेहरू प्रधानन्यायाधीशको मतियार भएको आरोप लगाए ।

थापाले बारले प्रधानन्यायाधीशलाई अस्वीकार गरिसकेका बेला राजनीतिक दल र सरकार बोल्नुपर्ने समय आएको बताए ।

‘राजनीतिक दललाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ ? राजनेता हुँ भन्नेलाई सोध्न चाहन्छौं । गणतन्त्रमा लडेको बारले यस्तो प्रधानन्यायाधीश खोजेको होइन । फेरि पनि राजनीतिक दलले भन्देओस्, सरकारका प्रवक्ताले भन्नुस्, अब प्रधानन्यायाधीशलाई कुनै पनि सुरक्षा दिन सक्दैनौं भनेर,’ थापाले भने । 

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x