×

NMB BANK
NIC ASIA

उद्यम

‘सुनको लड्डु’ : बुटवलमा पैसा कमाउने मनमोहक 'कुकर कफी'

कात्तिक २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल शहरमा यस्तो लस्सी र कफी बन्छ, जसको भिन्न स्वाद र छुट्टै पहिचान बनेको छ । त्यो पनि ४ दशकभन्दा अघिदेखि ।

Sagarmatha Cement
Muktinath Bank

व्यवसाय न कतै दर्ता छ, न साइनबोर्ड नै भेटिन्छ तर पनि कफी र लस्सीका पारखीहरू खोजीखोजी स्वाद लिन बुटवल रोज्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कफी व्यापार गर्ने बाजे, बुवा हुँदै छोरासम्म पेशा पनि पुस्तान्तरण हुँदै आएको छ । यी २ परिकारमा बुटवलको मिठास छ । यहाँको कफी ‘कुकर कफी’ नामले पनि परिचित छ । 


Advertisment
Nabil box
Kumari

साँझ परेपछि बुटवलको ट्राफिकचोक कफी र लस्सीका पारखीले गुलजार बन्न थाल्छ । बजारका सटर बन्द हुँदा कफी र लस्सी बनाउने ठेला ट्राफिक चोकमा लामबद्ध भइसकेका हुन्छन् ।

Vianet communication
Laxmi Bank

पुस–माघको कठ्यांग्रिदो शीतलहर होस् वा जेठ–असारको ४२ डिग्रीको उखरमाउलो गर्मी । कफी र लस्सीमा ट्राफिक चोक सधै जागा हुन्छ । विगतमा रातभर जागा हुने ट्राफिक चोक हाल साँझ ९ बजेसम्म खुम्चिएको छ तर पनि व्यवसायमा कुनै कमी देखिँदैन । 

काठमाडौंको मःम, चितवनको तास प्रख्यात भएजस्तै बुटवलको एउटा ब्राण्ड बनेको छ कुकर कफी । झमक्क साँझ पर्नासाथ कफी बनाउन रवीन्द्र खरेल ठेला डोर्‍याउँदै ट्राफिक चोक आउँछन् । आउनासाथ उनी हतारिन्छन् । उनको अगाडि झुम्मिन्छन् कफी र लस्सीका पारखी ।

उनका बुवा तुलसीरामले त्यहीँ ठाउँमा २८ वर्ष कफी बिक्री गरे । गत वर्ष तुलसीरामको मृत्यु भएपछि छोरा रवीन्द्रले त्यहीँ पेशा अँगालेका छन् ।

‘मैले अन्य व्यवसाय गर्थें,’ रवीन्द्र भन्छन्, ‘यहाँ हाम्रो पहिचान बनिसक्यो । कमाइ पनि राम्रो छ । त्यहीँ भएर ठेलामा कुकर कफी र लस्सी बनाउने व्यवसायलाई निरन्तरता दिइरहन चाहें ।’

कफी र लस्सी बिक्री गरेर उनले दैनिक ४ घण्टामा ४ हजार रूपैयाँ आम्दानी गर्छन् । उनले आफूले गर्दै आएको कफी बिक्रीलाई ‘सुनको लड्डु’को उपमा समेत दिएका छन् ।

‘थोरै लगानी, राम्रो आम्दानी छ । यहीँ पेशा किन छाड्नु र ? हाम्रो यो व्यवसाय त ‘सुनको लड्डु’ जस्तै हो,’ उनले मुस्कुराउँदै भने ।

देशमा विद्युत्को चरम अभावले ‘लोडसेडिङ’ हुँदा व्यापारीले प्रेसर कुकरलाई मशिनको रूपमा प्रयोग गर्दै कुकरबाट कफी बनाए । कुकरमा पानी उमाल्ने र अर्को मशिन जोडेर त्यसबाट प्रेसरले निस्किने वाफ (स्टिम) को प्रयोगबाट दूध र चिनी घोलेर कफी बनाइने भएपछि यहाँको कफीको नाम ‘कुकर कफी’ राखिएको छ ।

कुकर कफीभन्दा अहिले धेरैले सोधखोज गर्छन् । पूर्वपश्चिम राजमार्गमा चल्ने रात्रिकालीन गाडी चालक र यात्रुहरूको रोजाइँमा समेत कुकर कफी छ । यात्रुहरू बुटवल झरेर कफीको स्वाद दिएपछि पूर्व जाने पूर्व र पश्चिम हिँडेकाहरू पश्चिमतर्फ अगाडि बढ्छन् ।

बुटवलमै बाबुराम पोखरेल २२ वर्षदेखि कफी र लस्सी बिक्री गर्दै आएका छन् । उनलाई साँझपख कसैसँग भसाकुसारी गर्ने फुर्सद पनि हुँदैन । आजभोलि कफी र लस्सी त जहाँत्यहीँ पाइन्छ तर बुटवलको ट्राफिक चोकमा वर्षाैंदेखि बेचिने कफीको छुट्टै स्वाद भएको पारखीहरू बताउँछन् । 

‘द्वन्द्वकालमा पनि राति १२ बजेसम्म लस्सी बेचें तर अहिले ५ बजेदेखि ९ बजेसम्म समय तोकिएको छ । अहिले यस्तो व्यवस्थाले मर्का पर्‍यो,’ पोखरेल भन्छन् । 

शिव भण्डारीको ३ पुस्ता यहीँ ठाउँमा कफी बेचिरहेको छ । कफी बेचेरै राम्रो आम्दानी भइरहेको उनले बताए । उनले सन्तुष्टिको सास फेर्दै भने, ‘खान लगाउन पुगेको छ, अलिकति बचेको पैसा बचत गर्छु ।’

बुटवलका रमेश पराजुली ट्राफिक चोकको कफीका नियमित ग्राहक हुन् । १० वर्ष अघिदेखि बुटवल झरेपछि त्यहाँ आएर कफी खान थालेपछि हरेक साँझजसो कफी खान पुगिहाल्छन् । सबै खालका पारखीको लागि उपयुक्त छ ठेलाको ‘कफी सप’ । 

कफी र लस्सी व्यवसायमा धेरै लगानी छैन । एउटा ठेलाका लागि झण्डै ७० हजार रुपैयाँ लगानी गरे व्यवसाय शुरू गर्न सकिन्छ । दूध, दही, चिनी, कफी, विद्युत्को रकममा व्यवसायीको खर्च हुने भए पनि आम्दानी राम्रो हुन्छ । कोभिडअघि दैनिक ८–१० हजार रुपैयाँसम्म व्यापार हुने गरेकोमा अहिले घटेको उनी बताउँछन् । 

कुनै बेला बसपार्क, अस्पताल र ट्राफिक चोकमा रातभर कुकर कफीको व्यापार हुन्थ्यो तर अहिले प्रशासनले साँझ ६ बजेदेखि राति १० बजेसम्म मात्र ठेलामा व्यापार गर्न दिएको छ । त्यति मात्र होइन, अहिले प्रतिव्यवसायलाई २ वटा मात्र कुर्सी राख्न दिइएको छ ।

‘ठूला व्यापारीका अगाडि ठेला राख्दा व्यापार कम हुने भएकाले अहिले २ वटा कुर्सी मात्र राख्न दिइएको छ । जसले गर्दा कफी पारखीहरू भूइँमै बसेर वा उभिएरै कफी पिउन बाध्य छन् । ‘बस्नलाई ठाउँ नहुँदा उभिएरै ग्राहकले कफी खानुपर्ने बाध्यता छ,’ खरेलले भने, ‘कम्तीमा ५ वटा कुर्सी राख्न दिए ग्राहकलाई सजिलो हुने थियो । केही त भूइँमै बसेर खान्छन् ।’

ग्राहकले सामान्य चियामा थोरै पैसा थप्दैमा कफी पिउन सकून् भनेर महंगो मूल्य नराखिएको उनले बताए । कफीमा आफूले ब्रान्ड बनाउनुभन्दा पनि ग्राहकले बनाउने ब्रान्ड दीगो हुने बुझाइ उनको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x