
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आइतवार कानुन व्यवसायीले धर्ना दिएका छन् ।
न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध नेपाल बार एसोसिएसनको अभियानअन्तर्गत ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश जबरा राजीनामा देऊ’ भन्दै उच्च अदालत बार एसोसिएसन बुटवलले अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
कालो ब्यानर र हातमा कालो पट्टी बाँधेर विरोध गरिरहेका कानून व्यवसायीहरूले तत्काल राणाले राजीनामा दिनुपर्ने बताए ।
बिहान १० बजे देखि ११ बजे सम्म विरोध प्रदर्शन गरिएको बुटवल बारका अध्यक्ष जोगबहादुर केसीले बताए ।