×

NMB BANK
NIC ASIA

सर्वोच्चमा विद्रोह

EXCLUSIVE : गोलाप्रथाबाट पेशी तोक्न नियमावलीको 'ड्राफ्ट' बनाउँदै न्यायाधीशहरू, संशोधनपछि इजलासमा फर्किने !

एक न्यायाधीश भन्छन्- 'गोलामा आफैँले तानेका मुद्दा हेर्छौं, अन्य एजेन्डा यथावत रहन्छ'

कात्तिक २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकासँग असन्तुष्ट न्यायाधीशहरू नियमित सुनुवाइमा फर्किने वातावरण बन्ने गरी सर्वोच्च अदालत नियमावलीमा संशोधनको गृहकार्य शुरू भएको छ ।

Muktinath Bank

प्रधानन्यायाधीशविरुद्ध अवज्ञा आन्दोलनमा रहेका १८ न्यायाधीशको बैठकबाटै जिम्मेवारी पाएर केही न्यायाधीशहरूले 'पेशीलाई अटोमेसन'मा लैजान नियमावली संशोधनको ड्राफ्ट तयार गरिरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नियमावली संशोधन गर्ने ड्राफ्ट गरिराख्या छौं । उच्च अदालतमा मुख्य न्यायाधीश भइसकेर आउनुभएका तथा पेशी व्यवस्थापनमा अनुभव भएका साथीहरूले ड्राफ्ट तयार पारिरहनुभएको छ,' एक न्यायाधीशले लोकान्तरसँग भने, 'फुलकोर्ट बसेर पेशीलाई अटोमेसनमा लैजाने गरी तयारी भइरहेको छ ।'


Advertisment
Nabil box
Kumari

उनले नियमावली संशोधनपछि नियमित सुनुवाइमा फर्किने संकेत गरे ।

Vianet communication
Laxmi Bank

'न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनअनुसार पेशी अटोमेसनमा गएपछि हामीले हेर्ने मुद्दा गोलाबाट आफैँ तान्छौं र मुद्दा हेर्छौं,' ती न्यायाधीशले भने, 'अन्य एजेन्डा यथावत रहन्छ ।'

प्रधानन्यायाधीश जबरासँग बेञ्च शेयर गर्ने कि नगर्ने भन्ने विषयमा भने न्यायाधीशहरू अहिले टुंगोमा पुगिसकेका छैनन् ।

अन्य एजेण्डा यथावत रहने बताएका ती न्यायाधीशले प्रधानन्यायाधीशसँग बेञ्च शेयर गर्ने सम्भावना न्यून रहेको संकेत गरे ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनपछि गोलाप्रथा लागू कसरी गर्ने भन्ने विषयको मोडालिटीबारे अध्ययन गर्न न्यायाधीश मीरा खड्काको संयोजकत्वमा अर्को एक समिति गठन भएको थियो ।

साउन २८ गते गठन भएको उक्त समितिमा न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी सदस्य थिए ।

उक्त समितिले असोज १ गते प्रधानन्यायाधीश जबरालाई प्रतिवेदन बुझाइसकेको छ ।

गोलाप्रथामा कसरी जाने, त्यसका लागि के के विकल्प हुन सक्छन् भन्ने सुझावहरू प्रतिवेदनमा समेटिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

यसलाई कार्यान्वयनका लागि फुलकोर्ट बैठकमा एकपटक छलफल समेत भएको थियो ।

यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दा हेरेका छैनन् ।

प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने अडानमा रहेका न्यायाधीशहरू प्रन्याको संलग्नताविनै सिस्टमबाट तोकिने पेशीका मुद्दा हेर्न लचिलो बन्ने भएका हुन् ।

नियमित मुद्दा नहेर्दा सेवाग्राही मारमा पर्ने र आफूहरूमाथि पनि प्रश्न उठ्ने भएपछि न्यायाधीशहरूले बीचको बाटो खोजेका हुन् ।

यद्यपि जबरासँग बेञ्च शेयर गर्न भने उनीहरू तत्काल तयार भइहाल्ने सम्भावना न्यून छ ।

यता नेपाल बार एसोसिएसन र सर्वोच्च बारले भने प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

आफूहरूको आन्दोलनमा 'ब्याक गियर' नरहेको र आन्दोलन निष्कर्षमा नपुगी नटुंगिने उनीहरूको जिकर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x