२७ जेठ २०८३, बुधबार

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

कात्तिक २८, २०७८
मिनी ट्रक दुर्घटनामा  एकको मृत्यु, दुई घाइते

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ फुस्रे्रेमा आज बिहान  ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्  । मृत्यु हुनेमा जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ । सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
     
आलु लोड गरिएको बा५ख ६५६३ नंको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँघुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्